Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

साउन,३२-भक्तपुर

भोलि (शुक्रबार) अपरान्ह ५ बजेदेखि २९ घण्टासम्म प्रभु बैंकको एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा नचल्ने भएको छ।

एक सूचना जारी गर्दै बैंकले कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्नुपर्ने भएकाले यी सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

”यस बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्ने प्रयोजनका लागि यही मिति २०८००५०१ शुक्रबार साँझ ५ बजेदेखि शनिबार राति १० बजेसम्म एटीएम लगायत मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरू अस्याथी रूपमा बन्द गर्नुपर्ने हुँदा उक्त अवधिमा एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरू अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ,” बैंकले सूचनामा बताएको छ ।

यसबाट ग्राहकलाई पर्ने असुविधाप्रति बैंकले क्षमा पनि मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0