०१-भदौ
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। प्रतिनिधिसभा जारी अवरोध हटाउन सभामुख घिमिरेले प्रधानमन्त्रीसँग संवाद सुरू गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले साउन १० गतेदेखि सदन चल्न दिएको छैन। तस्करीको सुन बरामद प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच ‘वान टु वान’ वार्ता जारी रहेको सभामुखको सचिवालयले जनाएको छ। सदनमा अवरोध भएपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि पाँचपटक छलफल गरिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1