Prithvi Post

६ बैशाख २०८२, शनिबार

भदौ-०१

बंगलादेशबाट आएका पर्यटकलाई शुक्रबार त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन बोर्डले पञ्चेबाजा बजाएर स्वागत गरेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आएका हुन् ।

आज तीन सय पर्यटक आइपुगेका छन् भने भोलि थप चार सय पर्यटक आउने छन् । राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन् । यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने पाण्डेले विश्वास व्यक्त गरे। एउटै कम्पनीमार्फत ठूलो समूहमा बंगलादेशी पर्यटक भित्रिन लागेको यो पहिलो पटक हो । नेपालबाट नजिक दूरीमा रहेको बंगलादेश पर्यटकीय सम्भावना बोकेको गन्तव्य मुलुक हो । ठूलो सङ्ख्यामा नेपाल भित्रिने बंगलादेशी पर्यटकको प्रचार–प्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे ।

नेपाल आउने बङ्गलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो ।

बोर्डको तथ्यांकअनुसार सन् २०२३ को सात महिनामा बंगलादेशबाट १३ हजार छ सय २४ पर्यटक नेपाल आएका थिए । जुलाई महिनामात्रै दुई हजार छ सय ९४ बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । जुनमा दुई हजार चार सय दुई, अप्रिलमा दुई हजार दुई सय १७, मार्चमा दुई हजार चार सय ६६, फेब्रुअरीमा एक जहार नौ सय सात र जनवरीमा दुई हजार चार ६८ बङ्गलादेशी पर्यटक नेपाल आएकोे तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0