भदौ-०९
धरानमा २४ घण्टे निषेधाज्ञा जारी भएपछि हिन्दू धार्मिक संघसंस्थाले इटहरीबाहिर शान्तिपूर्ण र्याली निकालेका छन् ।
हिन्दू धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्यालीमा हजारौं सर्वसाधारणको सहभागिता रहेको छ।
धरान उपमहानगरपालिकामा शुक्रबार राति १२ बजेदेखी शनिवार राति १२ बजेसम्म निशेधाज्ञा नै जारी भएको छ । यो । धरानमा गोरु काटी खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै सुरुभएको विरोध हिंसात्मक हुने देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । सामाजीक सद्भाव कायम गर्न भन्दै १३ वटा राजनितिक दलले प्रर्दशन नगर्ने र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गराएको हो ।
र्यालीमा सहभागीहरुले स्वधर्मको रक्षा आह्वान गर्दै हिन्दू धर्मको पक्षमा नारा लगाइरहेका छन् । र्याली निषेधाज्ञा लगाइएको स्थानसम्म पुगेर हजारौं हिन्दु धर्मालम्बीले धर्ना दिईरहेका छन् । निषेधाज्ञा जारी गरिएको धरानमा भने आज व्यापार व्यवसायी समेत ठप्प भएको छ । सार्वजनिक सवारीसाधनपनि ठप्प पारिएको छ भने अन्य सवारीसाधनलाई धरानमा प्रवेशमा कडाइ गरेको छ ।