Prithvi Post

७ बैशाख २०८२, आईतवार

१७-भदौ

>डा सौरभ लामिछाने

मस्तिष्कघात अर्थात् स्ट्रोकको उपचार अब टाउकोको चिरफार नगरी सम्भव छ । तर, अप्रेशन गर्नैपर्ने अवस्था सिर्जना भएमा के गर्ने? यसको अर्को विकल्प पनि रहेको छ, त्यो हो इन्टरभेन्सन रेडियोलोजी पद्धति । यसबाट यन्त्रमार्फत बिना अप्रेशन उपचार सम्भव हुने इन्टरभेन्टिन्स रेडियोलोजिष्टहरू बताउँछन् ।

इन्टरभेन्सन रेडियोलोजी भनेको के हो? कुन कुन रोगको अप्रेशनको विकल्पमा इन्टरभेन्सन रेडियोलोजी विधिबाट उपचार गर्न सकिन्छ? शल्यक्रिया तथा इन्टरभेन्सन रेडियोलोजीमध्ये कुन सहज सजिलो हुन्छ? यसबारे बाँसबारी न्यूरो अस्पतालका कन्सल्ट्यान्ट इन्टरभेन्टिस रेडियोलोजिष्ट डा सौरभ लामिछानेले यसरि बताएका छन् ।

के हो इन्टरभेन्सन रेडियोलोजी?

रेडियोलोजी मेसिनबाट इन्टरभेन्सन गरी चिरफार गरी गर्नुपर्ने वा चिरफार गर्न नसकिएका सर्जरीहरूको वैकल्पिक उपचार पद्धति इन्टरभेन्सन रेडियोलोजी हो ।

शरीरको कुनै पनि भागमा पुगेर उपचार गर्न सम्भव भएकाले यसलाई इन्टरभेन्सन रेडियोलोजी भनिन्छ । यसमा रेडियोलोजी एक्स रे मेसिनको सहायताले उपचार गरिन्छ ।

कसरी थाहा पाउने बिरामीले?

कुनै बिरामीलाई तीन–चार दिनदेखि दिसामा रगत देखिन सक्छ । एक दिन देखियो भने वास्ता गरिदैँन । लगातार दिसामा रगत देखियो भयो भने अल्ट्रासाउण्ड, एमआरआई र सीटीस्क्यान गर्दा नशाको खराबीले गर्दा रगत आयो वा अन्य कारण रगत बग्यो भन्ने कुरा थाहा हुन्छ ।

नशाकै कारणले रगत बगेको प्रमाणित भएमा नशाकै माध्यमबाट गई न्यूरो इन्टरभेन्सन रेडियोलोजीमार्फत् उपचार गरिन्छ । नशाकै कारण रगत बगेको हो भने न्यूरो इन्टरभेन्सन रेडियोलोजीमार्फत् गरिने उपचार पद्धति अति उपयुक्त हो ।

कहिलेकाहीँ हातको नशा ब्लक भई हात नै चल्नै छाडेर हात कालो हुने, कोसिकाहरू मर्न थाल्यो भने हात चलाउनै सकिदैँन । जस्तै मस्तिष्कको नशामा रगत बन्द हुँदा पनि हात खुट्टा चल्दैन, अन्य कुनै पनि अंगको नशामा बन्द हुन सक्छ ।

सुत्केरी भएपछि निरन्तर रगत जाने क्रम भईरहेमा पाठेघर नै फालिदिनु पर्ने अवस्था आउन सक्छ । यदि एउटा मात्रै बच्चा छ, अझै अर्को सन्तान जन्माउने इच्छा भएको खण्डमा त्यस्तो बेलामा पाठेघर नफालेर अन्तिम उपचारको विधि अपनाउन सकिन्छ । जस्तै पाठेघरबाट रगत बग्न रोक्नरगत बगिरहेको स्थान पैल्याई त्यहाँ इन्टरभेन्सन रेडियोलोजी पद्धतिबाट रगत बग्नबाट रोक्न सकिन्छ ।

कुन कुन रोगको उपचार?

नशासम्बन्धी टाउकोदेखि खुट्टासम्मका अंगमा मुख्य समस्याको उपचार इन्टरभेन्सन रेडियोलोजी पद्धतिबाट सम्भव हुन्छ । जस्तै दिमागको कुनै नशा बन्द भयो भने खुट्टाको नशा भित्रैबाट तार लगेर दिमागको बन्द भएको स्थानको उपचार गरिन्छ । सो पद्धतिबाट उपचार गर्दा नचिरिकन, नखोलिकन उपचार गर्न सकिन्छ ।

त्यस्तै, मुटुसम्बन्धी कार्डियोलोजी चिकित्सकहरूले पनि यस विधिबाट उपचार गर्छन् । जस्तै फोक्सोको नशामा, मस्तिष्कको नशामा जस्तो रगतको (कल्ट) ढिक्का जम्दा खुट्टाकै नशा हुँदै मस्तिष्कमा उपचार सम्भव हुन्छ । त्यसैगरी, फोक्सो नशामा पुगेर जमेको कल्ट निकाल्न सकिन्छ ।

यस्तै, कलेजोको क्यान्सर भई केमोथेरापी गर्दा पनि इन्टरभेन्सन रेडियोलोजीमार्फत् नशाको माध्यमबाट क्यान्सर बनाउने तत्वलाई कम गर्न यस पद्धतिबाट उपचार गर्न मिल्छ ।

कसैको कलेजो फेल हुँदा, एउटा नशा फुल्दा, बान्ता गर्दा रगत आउँछ । कलेजोबाट रगत आन्द्रातिर आउन सक्छ । त्यसलाई रोक्न वैकल्पिक विधिबाट रगत निकाल्ने वा रोक्ने काम यस विधिबाट गर्न सकिन्छ ।

मिर्गौला, आन्द्रा, दिसाबा, अचानक रगत गइरहेको अवस्थामा नशाको जाँच गरिन्छ । कुनै खराब नशाबाट रगत गईरहेको छ भने त्यस खराब नशालाई बन्द गर्नुपर्छ । जसका लागि खुट्टाको नशा भित्रैबाट गएर जहाँ रगत बग्ने नशा छ, बन्द गरिन्छ ।

यस्तै, मिर्गौलाको नशा पनि दिमागको नशाजस्तो बन्द भयो भने काम गर्न छाड्छ । बन्द भएको नशालाई इन्टरभेन्सन रेडियोलोजी पद्धतिबाट यन्त्रमार्फत उपचार गरिन्छ ।

लाईफ सेभिङ पद्धति

सामान्य चिरफार पनि नगरी बिरामीलाई तारका माध्यमबाट ज्यान बचाउन इन्टरभेन्सन रेडियोलोजी पद्धतिबाट उपचार सम्भव भएकाले यसलाई लाईफ सेभिङ पद्धति पनि भनिएको हो ।

यदि कसैको खुट्टा फुलेको छ भनेर काटेर अप्रेशन गरिन्छ । तर यस विधिबाट नशा ब्लक अर्थात् सुनिएर हिँड्न गाह्रो हुनेको उपचार गर्न सकिन्छ ।

इन्टरभेन्सन्न रेडियोलोजीमार्फत उपचार गरिएमा रगतको सप्लाई अर्थात् आवत जावत हुन्छ । तत्काल आधा घण्टादेखि एक घण्टामा हिँड्न सहज हुन्छ । यसरी ठूलो अप्रेशन नगरी उपचार गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0