Prithvi Post

७ बैशाख २०८२, आईतवार

भदौ-१७

नेपाल विश्वका घुम्न लायक मुलुकहरुको अग्रपंक्तिमै रहेको मुलुक हो । यहाँको वातावरणीय अवस्थामा देखिने विविधता, भौगोलिक वनावट, चिसो, तातो मौसमको समिश्रण, हिमाल, पहाड र फाटहरुको व्यापकता पर्यटकलाई आकर्षित गर्ने मुख्य तत्व हुन् ।

त्यसैले पनि नेपालमा आन्तरिक पर्यटक मात्रै होइन बाह्य पर्यटकको संख्या पनि उच्च रहेको छ । कोरोना महामारीका समय थलिएको नेपालको पर्यटन क्षेत्र अहिले पुनः लयमा फर्किरहेको देखिन्छ । पछिल्ला दिनहरुमा नेपाल आएका विदेशी पर्यटकको संख्याले पनि यसलाई पुष्टि गर्छ ।

कस्तो छ नेपालमा विदेशी पर्यटकको संख्या

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को आठ महिनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । जनवरीदेखि अगस्तसम्म ६ लाख १ हजार ३ सय ६० जना पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांक छ ।

– गएको अगस्तमा मात्रै ६७ हजार १ सय ५३ पर्यटक नेपाल भ्रमणमा आए
– सन् २०२२ को सोही अवधिमा ४१ हजार ३ सय ४ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।
– सन् २०१९ मा ७३ हजार ८१४ पर्यटक नेपाल आएका थिए ।

२०२३ को हालसम्म कुन देशबाट कति पर्यटक भित्रिए

– २०२३ को पछिल्ला आठ महिनामा सबैभन्दा बढी भारतबाट २६ हजार ६ सय ६५
– चीनबाट आएका पर्यटकको संख्या ५ हजार २७

– अमेरिकाबाट आएका पर्यटकको संख्या ४ हजार ६ सय २९

– बेलायतबाट आएका पर्यटकको संख्या २ हजार ७ सय ११

– स्पेनबाट आएका पर्यटकको संख्या १ हजार ५ सय ८८

– जापानबाट आएका पर्यटकको संख्या १ हजार ५ सय २०

– इटालीबाट आएका पर्यटकको संख्या १ हजार ४ सय ९६

– अस्ट्रेलियाबाट आएका पर्यटकको संख्या १ हजार ३ सय ४७

– श्रीलंकाबाट आएका पर्यटकको संख्या ३ हजार ५ सय ५८

– बंगलादेशबाट आएका पर्यटकको संख्या ३ हजार १ सय ९०

सन् २०२३ मा नेपालले १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । विदेशी पर्यटक नेपालमा आइरहेको अहिलेकै अवस्था हेर्दा यो लक्ष्य पुरा गर्न यसवर्ष समस्या नरहेको देखिन्छ ।

नेपालमा यस वर्ष पर्यटकको संख्या बढ्दो क्रममा रहेको छ । आन्तरिक पर्यटकहरु समेत देशभर चलायमान रहेको अवस्थामा विदेशी पर्यटकहरु समेत नेपाल आउने क्रम बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0