Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

२५-भदौ

नेपाल टेलिकमले हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा टिकटक च्यालेन्ज आयोजना गरेको छ । आइतबारदेखि सुरु भएको ‘तीजको लहर टिकटक च्यालेन्ज’ असोज ७ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतिस्पर्धामा सहभागी हुन टेलिकमको आधिकारिक टिकटक अकाउन्टमा गई ‘नेपाल टेलिकमको तीजको लहर। अडियोमा टिकटक बनाउनुपर्नेछ । पोस्ट गर्नुअघि क्याप्सनमा @नेपल्_तेलेकोम् लाई ट्याग गर्ने र ह्यासट्याग #टीज्विथ्णेपल्टेलेकोम् प्रयोग भएको हुनुपर्ने छ ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु। ५०० को टप अप प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0