काठमाडाैँ, भदाै, २९ गते, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लागेको छ । गत वर्षको आधारभुत तह कक्षा आठ र एस.इ.इ.को नतिजा सन्तोषजनक नदेखिए पछि भोटेकोशीले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकता दिएको हो । नीति कार्यक्रम र बजेटमा शिक्षालाई जोड दिई शैक्षिक विकास र गुणस्तर सुधारमा जुटेको पालिका प्रमुख पासाङ नुर्पु शेर्पाले बताउनुभयो ।
विद्यालयलाई श्रम र कृषिसंग जोडी विद्यालयको दिवा खाजालाई समेत टेवा पुर्याउने उदेश्यले विद्यालय ट्रनेला कार्यक्रम , विद्यालय स्काउट कार्यक्रम, प्रधानाध्यापकहरुलाई नमुना विद्यालयहरुको अवलोकन भ्रमण प्र.अ.भत्ताको वृद्धि,दरबन्दी मिलान,एस.इ.इ.का विद्यार्थीलाई निशुल्क कोचिङ तथा छात्रवृत्तिको प्रभावकारी र न्यायोचित वितरण गर्दै आएको भोटेकोशीले गाउँ कै सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षाको सुनिश्चितता गर्ने लक्ष्य लिएको छ । पालिकाको शैक्षिक नीतिलाई सफल बनाउन सबै पक्षको भुमिका हुने पालिका प्रमुख शेर्पाको भनाइ छ ।
यस बीच भोटेकोशी गाउँपालिकाले एस. इ.इ.मा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयका प्र.अ. लाई पुरस्कृत गरेको छ । गाउँपालिकाबाट एस इ.इ.मा उत्कृष्ट हुने विद्यार्थी निमपासाङ शेर्पालाई नगद सहित प्रमाणपत्र प्रदान गरेको छ भने प्र. अ.भक्तबहादुर लामालाई समेत सम्मान पत्र प्रदान गरिएको छ । प्र.अ भक्तबहादुर लामा शिक्षक महासंघ भोटेकोशीको अध्यक्ष समेत हुनुहुन्छ । त्यसै गरि प्लस टु तर्फको उत्कृष्ट नतिजा ल्याउने बुद्ध माया श्रेष्ठलाई नगद सहित प्रमाणपत्र प्रदान गरेको छ.। भने प्र अ कमला लामालाई पनि सम्मान पत्र प्रदान गरेको छ ।
गत वर्षको बाल दिवस कार्यक्रममा आफ्नो भनाइहरु राख्ने क्रममा पालिका प्रमुख शेर्पाले एस. इ.इ.मा उत्कृष्ट हुने विद्यार्थी र सम्बन्धित विद्यालयका प्र.अ.लाई नगद पुरस्कार सहित सम्मान गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । ५९ औं बाल दिवशको अवसरमा तातोपानी आधारभित विद्यालयमा आयोजित कार्यक्रममा शिक्षक विद्यार्थीलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।