नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार कर्णालीमा आइतबार बिहान ८ बजेबाट मतदान सुरु हुनेछ ।
शनिबार नै मतदान हुने भनिएको भए पनि सहमतिको प्रयास गरिएका कारण आज मतदान हुन लागेको हो । बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सिटी हलमा मतदान हुनेछ ।
प्रदेश अध्यक्षको लागि तीन जनाको उम्मेदवारी कायम रहेको छ । मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी छ ।
अधिवेशनमा प्रदेशभरका ६ सय ४ जना प्रतिनिधि रहेका छन् ।
प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन्। एमाले एमाले अधिवेशनका लागि ९ सय ९७ जना प्रतिनिधि छन् ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ ।
यस्तै, एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । अधिवेशनले नेतृत्व चयनका लागि आज बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मतदान हुने एमाले सचिव रघुवीर महासेठले जानकारी दिए ।