शरीर, दृष्टिकोण सबैको फरक छ कोही फरक धारमा सोच्छन् कोही उही परम्परागत । यहाँ आफनो बारेमा भन्दा अरूको बारेमा सोच्ने फुर्सद छैन । किन यस्तो ? प्रश्न सुन्दा सरल छ तर उत्तर खोज्न जटिल । दुःख बाट निस्कन कसलाई पो मन छैन र । दुःख को कारण हामी भित्रै निहित छ मात्र केलाउन र निफन्न सक्नुपर्यो तर त्यो क्षमता कसरी विकाश गर्ने? जसरि ढुङामा घर्षण उत्पन्न नभई आगोको झिल्को उत्पन्न हुदैन त्यसैगरी मानिसमा घर्षण उत्पन्न गराउन त शिक्षा नै चाहिन्छ ।
अब शिक्षाको कुरा गर्दा परिवेश, वातावरण र शैली विचार गर्नुपर्छ । शिक्षा भनेको आफुलाई जुनसुकै वातावरणमा समायोजन गर्नु हो अनि परिर्वतित यो समाजमा समायोजन गर्नु फलामको चिउरा चपाए सरह छ । आफु भित्रको म लाई चिन्न जरूरी छ । यो समाजमा बोल्नीको पिठो पनि बिक्छ नबोल्नीको चामल पनि बिक्दैन । लाटो सोझोलाई त यो समाजले पागलको संज्ञा दिई कुनै कुनामा लगेर थुपारिदिन्छ । सबै मानिस आफुलाई महापुरूष ठान्छन् । कोही कोही आफुलाई विद्घान विदुषी मान्छन् तर आफु भित्र समाएको कुरूपपनालाई दिनदिनै निखारी आफु भित्र रूपमा खोक्रो बनेको पत्तो हुदैन । सबै मानिसमा पिडा छ दुःख छ दुःखको कारण छ अनि समाधान पनि । साच्चै गार्हो छ आफनो गल्ती स्वीकार्न । मानिस पहिले गल्ती गर्छ अनि पछि पछुताउछ तर आफनो गल्तीलाई अर्को गल्तीले मेटाउने कोशिष गर्छ तैपनि आत्मआलोचना गर्दैन । किन यस्तो रड्पना ? आफुलाई सर्वोश्रेष्ठ स्थानमा राख्न खोज्ने अनि व्यवहार पशुको । अरूको गल्ती केलाउन सजिलो छ आफनो पहिचान गर्न गाहे । अरूको पिडालाई साधारणिकरण गर्दै आफनो दुनो सोझ्याउन पछि नपर्ने हामी किन धर्मको नाममा फुलपाती चढाईरहेका छौ, आखिर किन ? धर्म, रितीरिवाज त आत्मसन्तुष्टीका लागी हुन्छ तर यहा पुरै आत्मा नै स्वार्थीपनाले कालो मैलो भइसकेको छ भने के को धर्म ? के को रितिरिवाज ? सोच्दा लाग्छ, मानिस भित्र कुनै चिजले अर्थबोध गर्दैन । मात्र आफनै बारेमा सोच्छ, मान्छे । अन्तर मनमा ज्ञान छ तर उजागर गर्न गाहे । जसरी पानी परेपछी आकाश र वातावरण सफा र खुल्ला देखिन्छ त्यसरी नै हामी भित्रको विकारीपना निस्केपछी हामीमा अवश्य नै स्पष्ट परिवर्तन त पक्कै आउछ । समाज धनी गरीब जात पात जस्ता कुरामा नै अल्झिरहेको छ । समाजमा किन यस्तो खाडल छ ? हामी निरश यात्रामा हिडिरहेका छौं । साच्चै, यदी हामीमा कुनै कुराले प्रभाव पार्दैन भने निरश युक्त जीवन के काम ? अनि निरशयुक्त यात्रामा मानिस प्रतिफल ठुलै कुराको लगाउदछ । अनि आफ्नो पछिल्लो कुरालाई नजर अन्दाज गर्छ अनि फेरी मन समाइ अगाडी बढ्छ । हासो उठ्छ, मानिस आफ्नो कामलाई आफैले स्वःमुल्याड्ढन गर्छ अनि आफैले निर्धारण गरेको मापदण्डमा तौलिन्छ अनि आफुलाई वरिष्ठ हँु भनेर प्रतिबिम्बित गर्छ । समाज यस्ता पात्रहरूले जेलिएको छ । दिनमा कुकृत्य गर्छ अनि सध्याकालिन समयमा धुप सल्काएर आम माफीको अनुनय विनय गर्छ । मानिसलाई ढोङ गर्न र झुठ बोल्न कसैले लत्याउन सक्दैन । मानिस यो सृिष्टकै अति सुन्दर वस्तु हो तर मन मस्तिष्क भने कुरूपताले तिखारीरहेको छ, दिनहुँ । आडम्बरीता कुरूपता त मानिसको अर्को नाम बनिसक्यो । यस्ता विशेषण युक्त शब्द हटाउन खै के गर्न सकिन्छ सोच्ने बेला आइसक्यो । जीवनको दुखी पाटालाइ कसरी निर्वासित गर्न सकिन्छ अनि जीवनलाइ पुर्ण जीवन कसरी बनाउन सकिन्छ । क्या अच्चम छ आफ्नो दुःख को कारण निवारण गर्न मानिस किन तत्पर हुदैन किन सधैं त्यही दुःखमा लडीबुडी गरी पछारिरहन्छ । किन निक्लन सक्दैन, खोज्दैन फुल जस्तो जीवनलाइ किन त्यसै ओइलाउन दिदैं छ किन स’वास छर्न सक्दैन आफु भित्र समाएको सकारात्मक पक्षमा किन प्रकाश पार्न नसकी नकारात्मक पक्षलाइ मात्र उजागर गर्छ, मान्छे । हरेक पाइला तौलिएर मात्र अगाडी बढ्नुपर्छ, यो समाजमा । को आफ्नो को पराइ ठम्याउन कठिन छ कुन बेला के हुन्छ केही थाहा छैन ।
कोही कसैप्रति विश्वाश गर्ने जमाना रहेन किन यस्तो शंका पलाउछ मनमा ? किन अविश्वाशको जालो जेलिएको छ यो निरिह समाज अनि समाजिक प्राणी भनाउदा हामी भित्र । सामाजिक तिक्तताको जन्मदाता त हामी नै हौ । अनि त्यही तिक्ततालाइ यर्थाथतामा बदली मुर्त रूप दिने पनी हामी नै हौ । सामाजिक तिक्तता र यर्थाथतालाइ जान्न त पुरै समाजलाइ निल्नुपर्छ हरेक क्षेत्रमा पाइला टेक्नुपर्छ ठुलै ठेली पढ्नुपर्छ तर मैले देखेको र बुझेको कुरा यति मात्र होकी सामाजिक तिक्तता भित्र विभिन्न हागाहरू छन् यी हागाहरू अगाल्दै हामी तिक्ततापुर्ण जीवन बाचिरहेका छौ । अन्त्यमा, हाम्रो समाजमा यस्ता तिक्तताल बर्षौ देखी जरा गाड्दै आएको छ यस्तो तिक्ततापुर्ण कुराले जरा गाडेको समाजबाट आउने प्रतिफल कस्तो होला? सामाजिक तिक्तता कुनै विद्या होइन न त कुनै वस्तु । यसको निश्चित परिचयात्मक विवेचना छैन यो त परिर्वतित छ आजको तिक्तता अवश्य भोली यर्थाथतामा बदली हामी भित्र लागु हुन्छ अनि जरा गाडी अर्को तिक्ततातर्फ उन्मुख हुन्छौ ।।