Prithvi Post

६ बैशाख २०८२, शनिबार

कात्तिक ११ गते,

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् । उनले शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बताएका हुन् ।

उनले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदा कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको बताए । लामिछानेले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्नसक्छौँ गर भन्ने चुनौति दिएको बताए । उनले आउने चुनावमा कुनैपनि दललाई एकसिट पनि जित्न नदिने बताए । हाम्रो आँखै अगाडि नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आएका छन् । स्थानीय तहमा एकसय एक होनहार मानिसहरु आएका छन् ।

तैपनि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ? आएर भनेर हामीलाई चुनौती दिए ठाडै । हेर्दाहेर्दै । यस्ता कयौँ बेथितिका चुनौतीहरु दिएका छन् । भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन्’ लामिछानेले भने,तपाईहरुको आवाज त्यति सुनिएन भनेर कहिले कहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने,के भन्ने? अब ठूलो स्वर गर्ने,दबाब दिने होइन,२०८४ मा एकैपटक बाइबाइ गर्ने,एक सिट पनि नदिने हो,ख्याल गर्नुहोला । लामिछानेले नेपालीहरुको सुनौलो भविष्य भन्ने दल र नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0