Prithvi Post

७ बैशाख २०८२, आईतवार

लुटपाट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जना प्रहरलाई पक्राउ गरेर थुनामा राखिएको छ ।

महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा ट्याक्सीमा आएका ३ महिला र एक जना पुरुषलाई रोकेर उनीहरूले पैसा नदिए पक्राउ गर्ने धम्की दिएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी वृत्त महाराजगन्जमा कार्यरत ३ जना प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । पक्राउ पर्नेमा असई सुन बहादुर तामाङ,हवलदार खगराज अधिकारी र जवान भुवन बराल छन् । सिआरभी (कन्ट्रोल रुम भेहिकल) मा ड्युटी गर्दा दुई साताअघि उनीहरूले लुटपाट गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0