Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

पुस ३ गते

पाँच महिनापछि मंगलबार नेप्से परिसूचक २१ सय विन्दु पार गरेको छ । यसअघि गत साउन १५ गते २१०६।१८ बिन्दु पुगेको थियो। त्यसयता नेप्से पहिलोपटक २१ सय विन्दुमाथि उक्लिएको हो ।

यसदिन नेप्से ४५।९८ अंकले बढेर २१०६।४८ विन्दुमा बन्द भएको छ । मंगलबारकाे बजारमा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रूपैयाँको सेयर कारोबार भएको छ।। अघिल्लो कारोबार दिन छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रूपैयाँको सेयर कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार कारोबार रकममा ८८ करोड रूपैयाँ कमी आएको हो ।

यस दिन ३१३ वटा धितोपत्रको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच भएको हो । मंगलबार १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५३ वटाको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यसदिन १० कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । बोटलर्स नेपाल बालाजु,मेरो माइक्रोफाइनान्स,उन्नति सहकार्य लघुवित्त,शिवम् सिमेन्ट,नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट,हाथवे इन्भेष्टमेन्ट,मिड सोलु हाइड्रोपावर,सोनापुर मिनरल्स र बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको इकाइ मूल्य सर्वाधिक ७।२६ प्रतिशतले घटेको छ । उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँ ३० पैसामा सीमित भएको छ । माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य ४।९० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३३० रूपैयाँ कायम भएको छ । मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता ५९४ रूपैयाँमा ३७ करोड ४३ लाख बराबरको सेयर कारोबार भएको हो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत बढेको हो । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ५१५ रूपैयाँमा २८ करोड ७३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0