काठमाडौँ, माघ ७ गते, जलेश्वर नगरपालिका वडा नं ५ चौरिया सीमा इलाकामा सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा चालीस कार्टुन अवैध मदिरा सहित एउटा बोलेरो कार बरामद गरेको छ ।
बुधवार विहान ९:३० बजेको समयमा नेपालबाट भारततर्फ गइरहेको वि.आर ०७ ए टि ९७१४ नं को बोलेरो कारलाई सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट चौरिया इलाकामा गस्तीमा खटिएको टोलीले चेकजाँचका लागि रोक्न खोज्दा सवारी चालक कार छोडी भागेका थिए ।
उक्त कारमा चालीस कार्टुन अवैध सोफी मदिरा भारततर्फ लैजाँदै गरिएको भेटिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट मटिहानीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुदर्शन खतिवडाले बताएका छन् ।
उक्त अवैध मदिराको मूल्य २ लाख र कारको मूल्य २० लाख गरी जम्मा २२ लाख भन्सार मूल्य कायम गरी आवश्यक कारवाहीको लागि मदिरा र सवारी साधन जलेश्वर भन्सार कार्यालयमा बुझाइएको जलसागर स्थित सशस्त्र प्रहरी बल,नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीले जनाएको छ ।