Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

सुनजस्तो देखिने पहेँलो रङको धातुको पत्थर जडित गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ मा बस्दै आएका ५२ वर्षीय नारायणकृष्ण श्रेष्ठ छन् ।

पाइन्टको गोजीमा लुकाइ भन्सार छली लैजान लागेको उक्त धातुसहित विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको हो ।

नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट बुधबार राति उनी काठमाडौं आएका थिए । करिब ४६ ग्राम २० मिलिग्राम तौलको औँठी दुईथान र ४५ ग्राम ३६ मिलिग्राम तौलको सिक्री एकथानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0