Prithvi Post

७ बैशाख २०८२, आईतवार

नेपालले आउँदो अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने भएको छ। टी-२० विश्वकपको तयारी रहेको नेपालले युगान्डामा ४ देश सम्मिलित टी-२० सिरिज खेल्न लागेको हो ।

सिरिजमा नेपालसहित युगान्डा, नेदरल्यान्ड र नामिबिया खेल्नेछ । सिरिजको आयोजना युगान्डाले गर्नेछ । युगान्डा क्रिकेट संघका अध्यक्ष माइकल नुवागाबाले अप्रिलमा चार देशीय सिरिज आयोजना गर्ने घोषणा गरे ।

क्रिकेट संघको शनिवार भएको वार्षिक साधारण सभामा नुवागावाले टी-२० विश्वकपको तयारी स्वरूप आउँदो अप्रिलमा चार देश सम्मिलित विशेष शृङ्खला आयोजना गर्ने घोषणा गरेका हुन् ।

शृङ्खलामा युगान्डासहित नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी हुने संघका अध्यक्ष नुवागाबाले बताए ।

नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले भने युगान्डामा हुने सिरिजबारे हालसम्म आफूलाई कुनै जानकारी नआएको प्रतिक्रिया पनि दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0