Prithvi Post

६ बैशाख २०८२, शनिबार

भक्तपुर । विश्व सम्पदा सूचिमा सूचिकृत कला र संस्कृतिमा अत्यन्तै धनि उत्सवै उत्सवको ऐतिहासिक सा“स्कृतिक नगर भक्तपुरमा आगामी २०८१ साल मंसिर २८ गतेदेखि पुष २ गते सम्म हुने भक्तपुर महोत्सव –२०८१ भव्य रुपमा सम्पन्न गर्न तयारीको क्रममा भ.न.पा.–४ दुमलाचा टोलमा खुला भेला तथा छलफल कार्यक्रम सम्पन्न भयो । मंगलाछें,दुमलाचा परिवार भक्तपुरको आयोजनामा भएको उक्त कार्यक्रममा भ.न.पा. वडा नं. ४ का वडा अध्यक्ष्ँ श्री उपेन्द्र सुवालले भक्तपुर नगरलाई आन्तरिक र बाह्य पर्यटकीय पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित आयोजना हुन लागेको भक्तपुर महोत्सवले भक्तपुरमा पर्यटन उद्योगको विकास गरी यहा“को मौलिक घरेलु तथा साना उद्योग,व्यापार व्यवसायको आर्थिक गतिविधि बढ्न गई स्थानीय जनताको आर्थिक स्तर उकास्न महत्वपुर्ण योगदान पुग्ने बिषय बारे चर्चा गर्नुभयो । कला संस्कृतिको माध्यमबाट देशको चिनारी विश्वमा फैलाउन यस्तो कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गर्दै महोसत्व तयारीको क्रममा शुरुमा भक्तपुर नगरका विभिन्न स्थानमा ३२ वटा विधा प्रदर्शन गर्ने तयारी भएकोमा व्यापक जनताको आत्मियताको कारण हालसम्म सा“स्कृतिक तथा व्यवसायिक स्टल दर्ता ३५० पुगेकोले यसलाई व्यवस्थित रुपमा संञ्चालन गर्न सबै नगरबासीको प्रत्यक्ष सहयोगको आवश्यकता भएको बताउनु भयो । जनप्र्रतिनिधी र जनताबीचको घनिष्ठ सम्बन्धकै कारण देशको उत्कृष्ट नगरपालिका हुन सफल भएकोले देशविदेशबाट उच्च ओहदाका व्यक्तित्वहरु भक्तपुरको अवलोकन भ्रमण गरेको उदाहरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा लैगिक हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ भक्तपुर नगरपालिका ४ वडा कार्यालयले संञ्चालन गरेको लैगिक हिंसा सम्बन्धि १६ दिने सचेतना तथा अभिमुखिकरण कार्यक्रमबारे पनि जानकारी दिनु भएको थियो । कार्यक्रममा महोत्सव तयारी समिति भ.न.पा.४ बोलाछेंका संयोजक हरि सुन्दर सुवालले महोत्सवको अवलोकन देशभरीका जनताले गर्ने नभई मात्र नभई विश्वका पर्यटकहरुबाट समेत अवलोकन गर्ने भएकोले विश्वभर प्रभावकारी सकारात्मक सन्देश दिन पार्किड्ड र शौचालयको व्यवस्थित बन्दोबस्त गर्नुपर्ने बताउनु भयो । आयोजक समितिका पञ्चरत्न सैंजुले विगत २०५४ सालमा पनि भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव गरेको स्मरण गर्दै विगतको अनुभवबाट शिक्ष्ाँ लिदै अहिले महोत्सवलाई उत्कृष्ट गन्तव्यस्थलको रुपमा परिणत गर्ने अवसर भएकोले सामुहिक भावनाले ओतप्रत भक्तपुरका जनताको अपनत्वकै कारण भक्तपुरको नेवार जीवन शैली,सम्पदा र कला संस्कृति सम्बन्धि पि.एच.डि.गर्ने विश्वविद्यालयको रुपमा परिणत हुने निश्चित छ भन्नुभयो । वहा“ले विदेशी पर्यटकहरु नेपालको प्राकृतिक मनोरम दृश्यहरु रस्वानन्दन गरी कला,संस्कृति जात्राहरुको जीवन्त प्रस्तुतिले लोभिएर नेपाल भ्रमण गरेकै कारण नेपालमा पर्यटन विकासको आधारशिला तयार भएको र सोही कारण नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको कारण रोजगारीको अवसर सृजना भएको बताउनु भयो । आयोजक समितिका राजेन्द्र माकले दुमलाचा टोलमा नेवार जीवनशैलीको गतिविधि प्रदर्शन गर्ने तयारी सम्बन्धि हालसम्मको प्रगतीबारे चर्चा गर्ने क्रममा भ.न.पा.४ का विभिन्न विद्यालयहरुले सहयोग गर्न तत्पर भएको अवस्थाले स्थानीय टोलबासीहरु समेत उत्साहित भएको बताउनु भयो । हाम्रो पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति भन्ने भक्तपुर नगरपालिकाको नारालाई सार्थक बनाउने क्रममा पुर्खादेखि चलिआएको हस्तकला सम्बन्धि सीपलाई शिक्षासंग जोडेर व्यवसायिक रुपमा नया“ पुस्तालाई हस्तान्तरण गर्न सके नया“ पुस्ताको आर्थिक समस्या समाधान गर्न टेवा पुग्ने बताउनु भयो । उक्त कार्यक्रम पुरुषोत्तम जाकिबंजारको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।