Prithvi Post

७ बैशाख २०८२, आईतवार

मंसिर २०,  ललितपुर

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अहिले नै पर्याप्त लगानी नगरे देश धेरै पछाडि पर्ने भएकोले नेपालले एआईमा लगानी गर्नपर्ने सुझाव भारतका वरिष्ठ एआई विशेषज्ञ श्री कुन्दना कुमार लालले दिनुभयो। सानेपा ललितपुर स्थित एभरेष्ट इन्जिनियरिङ कलेज र एनडिआरआईको संयुक्त आयोजनामा आज एभरेष्ट इन्जिनियरिङ कलेजको सभाहलमा कलेजका शिक्षक तथा विद्यार्थीहरूसँग भएको छलफल कार्यक्रममा भारतको मुम्बई स्थित भिट्टि रिसर्च इन्स्टिच्युटका अध्यक्ष कुन्दना लालले अबको समय सुचना प्रविधिको युग भएको, मानव जीवनका सबै आयामहरूमा एआईको प्रयोग तिव्र गतिमा बढिरहेको र संसारका प्राय सबै ठूला उद्योगहरू एआईकै माध्यमबाट चुस्त हुँदै गएका छन्। एआईको दौडमा जित्ने देशले संसारलाई नै आफ्नो अधिनमा राख्ने तथ्यलाई मध्यनजर गर्दै अमेरिका र चीनले वार्षिक खर्बौं डलर लगानी गरिराखेका छन्। भारतले एआईमा लगानी बढाउन शुरू गरिसकेकोले नेपाल यस विधामा पछाडि पर्न नहुने जानकारी श्री लालले दिनुभयो। एभरेष्ट इन्जिनियरिङ कलेजका कम्प्युटर, सफ्टवेयर र सुचना प्रविधिका स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गर्दै श्री कुन्दना लालले कलेजको पढाइकै क्रममा एआईको सिप विकासमा जोड दिन र अन्तिम वर्षको फाइनल प्रोजेक्टमा एआईलाई समाहित गर्न सुझाव दिनुभयो। एआईको तिव्र विकासको तीन मूल चरणहरू रहेको र हाल भारत र नेपाल जस्ता देशहरू एआई विकासको प्रारम्भिक चरणमै रहेको तथ्य माथि प्रकास पार्दै श्री कुन्दना लालले अमेरिका र चीन एआई विकासको मध्यम चरणमा लागिरहेको जानकारी दिनुभयो। एआई प्रयोगको लागि भौतिक तथा मानव संसाधनको पर्याप्त पूर्वाधारहरू नभएका देशहरूमा विदेशी लगानी आउने संभावना न्यून हुँदै गइरहेकाले सरकारले भौतिक पूर्वाधारको विकासमा तथा एभरेष्ट इन्जिनियरिङ कलेज जस्ता संस्थाहरूले एआई प्रयोग गर्न सक्षम मानव संसाधनको विकासमा जोड दिनुपर्ने धारणा राख्नु भयो। एभरेष्ट इन्जिनियरिङ कलेजले स्नातकोत्तर तहमा पनि कम्प्युटर इन्जिनियरिङको अध्यापन गरिरहेकाले यस कलेजबाट अध्ययन सकाएका छानिएका विद्यार्थीहरूलाई मुम्बईको कम्पनीहरूमा इन्टर्नसिपको सम्भावना उच्च रहेको जानकारी पनि श्री कुन्दना लालले दिनुभयो। आजको कार्यक्रम एभरेष्ट इन्जिनियरिङ कलेजका रिसर्च कमिटीका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो। कलेजका प्रमुख कार्यकारी अधिकृत अरुण कुमार भण्डारी र प्राचार्य विरोध रिजालले श्री कुन्दना कुमार लाल तथा एनडिआरआईका वरिष्ठ शोध विशेषज्ञ प्रा.डा. नवराज खतिवडालाई मायाको चिनो प्रदान गर्नुभयो। कार्यक्रम सञ्चालन एनडिआरआईका सञ्चार अधिकारी आष्मा अर्यालले गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।