Prithvi Post

७ बैशाख २०८२, आईतवार

काठमाडौं । सुदुरपश्चिम विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरी भक्तपुरमै पहिलो पटक काठमाडौ वल्र्ड स्कुल अफ इन्जिनियरिंग एण्ड म्यानेजमेन्ट गुण्डू भक्तपुरले यो वर्षदेखि एमवीए कार्यक्रम थालेको छ ।
कार्यक्रम शुभारम्भको अवसरमा शनिबार कलेजमा एक कार्यक्रम गरियो । कार्यक्रमका सहभागीहरुले कलेज पढ्ने अहिलेका विद्यार्थीमा जागिर खाने नभई खुवाउने मानसिकताको विकास गराउनुपर्नेमा विशेष जोड दिए । त्यसका लागि कलेजहरुमा अध्यापन गराउँंदा शिक्षकहरुले त्यस विषयमा विशेष ध्यान दिनुपर्ने खाँंचो उनीहरुले औैल्याए ।
काठमाडौं वल्र्ड स्कुल सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू भक्तपुरले एमवीए कार्यक्रम सुरु गरेको अवसरमा कलेजमा आयोजित कार्यक्रममा सहभागीहरुले त्यही अनुसार विद्यार्थीलाई शिक्षण गराउनुपर्नेमा विशेष ध्यानाकर्षण गराए ।
काठमाडौं वल्र्ड स्कुल सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डू भक्तपुरका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेशकुमार झाले आफूहरुले त्यही अनुसारका अध्यापन गराउने योजना रहेको जानकारी गराए । त्यसका लागि विद्यार्थीलाई सैद्धान्तिकसँंगै व्यवहारिक शिक्षण सिकाइमा जोड दिने उनले त्यस अवसरमा बताए । साथसाथै आफूहरुले आफना विद्यार्थीलाई जागिर खुवाउने बनाउन त्यही अनुसारका वातावरण तयार पार्न विद्यार्थीलाई सहयोग गर्ने पनि उनले जनाए ।
काठमाडौं वल्र्ड स्कुल नेपालकै प्रख्यात व्यापारिक समूह सिजी समूहले सञ्चालन गरेको स्कुल हो । हाल यहाँं कक्षा १२ सम्म मात्रै पढाई हुन्छ । तर अहिले काठमाडौं वल्र्ड स्कुल अफ इन्जिनियरिंग एण्ड म्यानेजमेन्ट (केडव्लूएसईएम) कलेज सञ्चालनमा ल्याई एमवीएको पढाई थालेको हो । नेपालकै सुुदुरपश्चिम विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरी उसले एमवीए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
व्यवसायका भावी नेतृत्वकर्ताहरुलाई शशक्त बनाउँंदै भन्ने उदघोषका साथ उसले यो वर्षदेखि एमवीए कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको हो । विद्यार्थीको अनुकुलताको आधारमा विहान वा साँंझको समयमा कक्षा सञ्चालन गर्ने योजना राखेको कार्यक्रममा बताइयो । कार्यक्रममा बढीमा ३० जनाको कोटा रहको जनाएको छ । तर पनि न्युनतम १० दस जनाको कोटा पूरा भयो भने कक्षा सञ्चालन गर्ने योजना रहेकोे कार्यक्रममा बताइयो ।
कार्यक्रममा सहभागीहरुका लागि स्लाइडमार्फत प्रस्तुतीकरण पनि गरेको थियो । कलेजका प्रशाशन प्रमख सची पाण्डले एमवीए कार्यक्रमबारे प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा एकेडेमिक डिरेक्टर एण्ड क्वालिटी कन्टोलर अफ सीजी लनिंगका एन्किला लामाले अनुभब सेयरिंग गरेकी थिइन् । कार्यक्रममा संस्थाका प्रमुख गौरब शर्मा, अफिसियल्स अफ मार्केटिंग डिपार्टमेन्टका सोनिया थापामगर र हरिहर राणा, मार्केटिंग एक्जुकेटिभ अफिसर सुमन मानन्धरलगायतले लन्च गरिएको कार्यक्रमबारे चर्चा गरेका थिए ।
कार्यक्रममा पढाइका लागि अहिले फारम वितरण थालिसकेको जनाइयो । अहिले पुष ३ गतेसम्म स्कलरशिपका लागि फारम उपलव्ध भएको जनाइयो । पढाईका लागि फारम बुझाउने अन्तिम मिति पुस १० गते रहेको जनाइयो । त्यसपछि प्रवेश परीक्षाबाट पढने विद्यार्थीको छनौट गरिने जानकारी कार्यक्रममा गराइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।