Prithvi Post

७ बैशाख २०८२, आईतवार

भक्तपुर । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललगायतको विभिन्न नगरपालिकाका प्रमुख उपप्रमुखहरुले आइतबार भक्तपुर महोत्सव २०८१ को अवलोकन भ्रमण गरेका छन् । आयोजक भक्तपुर नगरपालिकाको आमन्त्रणमा काठमाडौ उपत्यकासहित उपत्यकाबाहिरका विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँंपालिकाका अध्यक्ष, उपाध्यक्षलगायतको जनप्रतिनिधिहरुको टोलीले महोत्सवको अवलोकन भ्रमण गरेका थिए । विशेष गरेर काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाका उपप्रमुखहरु भ्रमणमा सहभागी थिए ।
अवलोकन भ्रमणको क्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख डंंगोलले भक्तपुर नगरलाई यस महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले यहाँको कला र संस्कृतिले जोसुकैलाई पनि लोभ्याउन सफल भएको उल्लेख गरिन् ।
उपप्रमुखहरुको टोलीलले भक्तपुरको प्रशन्नशिल महाविहारस्थित कुमारी (जीवित देवी) प्रदर्शनी, नवदुर्गा प्रदर्शनी, ख्वप इन्जिनियरिङ कलेज, लिवालीस्थित शैक्षिक प्रदर्शनी र भक्तपुर दरबार क्षेत्र लायकुस्थित परम्परागत पोशाक प्रदर्शनी, नेवार जीवनशैलीको गतिविधि प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमलगायत विभिन्न स्थानमा भएको घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनीको अवलोकन गरेका थिए । अवलोकन भ्रमणका क्रममा टोली भक्तपुरको गोल्मढी, नागपोखरीलगायतका विभिन्न स्थानहरुमा पनि पुगेको थियो । टोलीले नागपोखरीमा पुगेपछि विशेष रुचि राखेका थिए । डंगोलसहितको टोलीले त्यहाँं पुगेर योमरी पनि खान भ्याएका थिए । डंगोलसहितको टोलीसँंग स्थानीयले फोटो समेत खिचाएका थिए । देशकै सेलिव्रेटीको रुपमा रहेकी डंगोलसँंग फोटो खिच्न विशेष रुचि धेरैले राखेका थिए । स्थानीका अनुसार डंगालले त्यस अवसरमा स्थानीयसँंग भलाकुसारीसमेत गरेकी थिइन् ।
टोलीमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी शाक्य, कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी, चन्द्रागिरी नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, गोदावरी नपाका उपप्रमुख सुनिता महर्जन, शंकरापुर नपाका उपप्रमुख समिता श्रेष्ठ र महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोमा माया गोलेले भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर महोत्सवको अवलोकन गरे ।
अवलोकनको क्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको बाँसुरी बाजा प्रतियोगिता लगायत विभिन्न स्थानहरुमा भइरहेको साँस्कृतिक र परम्परागत जीवनशैलीको बारेमा बताउँँदै यो महोत्सवबाट देश विदेशका पाहुनाहरुले भक्तपुरलाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्नेमा विश्वास व्यक्त गरिन् । उनले भक्तपुर साँस्कृतिक सम्पदाले भरिपूर्ण जीवन्त नगरी भएको हुँदा कला र संस्कृतिको जगेर्ना गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको बताइन् ।
अवलोकनको अन्तमा भक्तपुर नपाका उपप्रमुख जोशीले अतिथि प्रमुख र उपप्रमुखहरुलाई भक्तपुर नपाका विभिन्न प्रकाशनहरु र मायाको चिनो हस्तान्तरण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।