Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गतको कृषि विकास उपसमिति र यूएसएआईडी एग्रीकल्चर हायर एजुकेशनको संयुक्त आयोजनामा शनिबार भक्तपुरमा एकदिने कौसीखेती तालिम सम्पन्न भएको छ । भक्तपुर उद्योग वाणिज्य संघ औद्योगिक क्षत्र व्यासीको सभाहलमा तालिम भएको हो ।
तालिमको उदघाटन आयोजक यूएसएआईडी एग्रीकल्चर हायर एजुकेशनका प्राजेक्ट डाइरेक्टर नरकाजी गुरुङको विशेष आतिथ्यतामा भएको थियो । उदघाटन कार्यक्रमको सभापति भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँं धौवजाले गरेकी थिइन् । उदघाटन कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, प्रोजेक्टको अनुगमन, मूल्यांकन तथा सिकाई मेनेजर परशुराम रिमाल, भक्तपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ अन्तर्गतको कृषि विकास उपसमितिका संयोजक गणेशहरि प्रजापतिलगायतले कौसी तालिमको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रमका सञ्चालन संघका कार्यसमिति सदस्य मञ्जिला सुवेदीले गरेकी थिइन् ।
तालिम कौसी क्विन २०८०।०८१ पाएकी अञ्जनी जोशी दिएकी थिइन् । सहायक प्रशिक्षकको रुपमा डा अनिल श्रेष्ठ र डा भ्रिगु दुवाडी रहेका थिए । तालिममा दुई दर्जन वढीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।