Prithvi Post

७ बैशाख २०८२, आईतवार

ज्वागल ललितपुर स्थित “नेवाः भ्वय् छें एण्ड पार्टी प्यालेस” मा नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटी को निर्वाचन भएको छ

भेलामा ४२ जनाको उपस्थिति थियो. कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा हुनुहुन्थ्यो, विशेष अतिथि नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका अध्यक्ष रमेश पौडेल, बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आई टि एफ तेक्वान्डो महासंघ को सचिव अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल. कोषाध्यक्ष प्रनिल मान श्रेष्ठ हुनुहुन्थ्यो.

निर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित हुनु भएको छ भने काठमाडौँ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित हुनुभएको छ दुबै कमिटी ९ जनाको निर्वाचित भएको छ. काठमाडौँ उपत्यका कमिटीमा उपाध्यक्ष श्रीधर पौडेल र बुद्धि राम शर्मा निर्वाचित हुनुभएको छ सचिवमा सुवास सुवेदी कोषाध्यक्षमा हरिभक्त महर्जन सदस्यहरुमा शोभा सापकोटा थापा विजय प्रसाद बस्याल जित बुधवार गंगा थापा, मगर निर्वाचित हुनुभएको छ. वाग्मती प्रदेश कमिटीको उपाध्यक्ष रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित हुनुभएको छ. सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर, मनीष महर्जन, अनुप सुवेदी निर्वाचित हुनुभएको छ.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।