भक्तपुर । पृथ्वी जयन्तीको अवसरमा शनिबार भक्तपुरमा भएको कार्यक्रमका वक्ताहरुले पृथ्वीनारायण शाहले देखाएको बाटोमा हिड्नुपर्ने आवश्यकता औल्याएका छन् । पूर्व सुरक्षाकर्मी परिषद् नेपाल जिल्ला कार्यसमिति भक्तपुरले ३०३ पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले घुस दिन्या र लिन्या दुवै अपराधी हुन् भन्ने बाटोमा जानुपर्नेमा जोड दिए ।
राष्टिय एकताका अभियन्ता नीलनारायण कोजूले पृथ्वीनारायण शाहले नेपाल राज्यलाई एकीकरण नगरेको भए नेपाल यतिखेर भारतको ५६६ औ प्रान्तको रुपमा रहने विश्लेषण गरे । उनले त्यतिबेला पनि अहिले जस्तो नेपाल कमजोर अवस्थामा रहेको र यही अवस्थामा भारतले नेपाललाई पनि एउटा प्रान्तको रुपमा अधिपत्य जमाउने उनले भनाई थियो ।
अर्का अभियन्ता रामकुमार कार्की, आयोजक अध्यक्ष डिल्लीराम ढुंगेल, आयोजक संस्थाका केन्द्रिय प्रवक्ता मणिराम लामिछाने, राजन कार्की, मुना प्रधानलगायतले पृथ्वीनारायण शाहले भनेझै अनेकतामा एकता भएर वस्नुपर्नेमा जोड दिए । उनीहरुले संघीयले नेपाललाई पृथ्वीनारायण शाहको पालामा जस्तौ २२।२४ राज्यमा विभिाजित गरेको र यसले राज्यलाई कमजोर पारेको विश्लेषण गरे । कार्यक्रममा उनीहरुले संघीयता खारेजीको पनि माग गरे । कार्यक्रम पृथ्वीनारायण शाहको फोटोमा माल्यापर्ण गरी सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1