Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुधपाटी भक्तपुरले निरन्तर रुपमा स्थान अभाबका कारण सवै सेवाहरु दिन नसकिरहेको बताउँंदै आएको छ । तर अस्पतालकै नजिक रहेको भक्तपुरकै चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलले केन्द्रले सेवा विस्तारका लागि भनी जग्गा लिने भनेर सम्झौता गरेको वडामा रहेको ३१ रोपनी भन्दा वढी जग्गा लिन नआएर अलपत्र रहँंदै आएको जनाएको छ ।
चाँंगुनारायण नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालका अनुसार केन्द्रले सेवा विस्तारका लागि जग्गा नभएको भनेर २०७७ साल असोज २१ गते वडामा रहेको सार्वजनिक जग्गा प्राप्तीका लागि जग्गा माग गरेको थियो । त्यसपछि चाँंगुनारायण नगरपालिकाको कार्यपालिका बैठकले अस्पतालको माग बमोजिम माग भएकै साल र महिनाको २५ गते अर्थात् माग भएको चार दिन पछि नै वडास्थित थानाको पाखाको सार्वजनिक पर्ति जग्गा नेपाल सरकारको प्रचलित कानुन बमोजिम प्राप्त गर्न सिफारिस गर्ने निर्णयसहित अस्पताललाई पत्राचार गरेको थियो । त्यसको तीन दिन पछि नै अस्पतालले चाँंगुनारायण नगरपालिका वडा नं ३ थानाको पाखाको किता नं ११३ र १ गरी दुई किता जग्गा प्राप्त गर्न स्वास्थ्य मन्त्रालयको अनुमति माग गरेको थियो । शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र भक्तपुरले चलानी नं २५३ मिति २०७७ कार्तिक २ गतेको पत्रबाट हाल चाँंगु नपा वडा नं ३ साविक झौखेल गाविस वडा नं ३ को ३१ रोपनी ७ आना जग्गा अस्पतालको नाममा लिजमा पाउनको लागि स्थानीय सिफारिस समितिबाट सिफारिस गरी पाउँ भनी प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशाशन कार्यालय भक्तपुरलाई सम्वोधन गरी जग्गा मागेको थियो । उक्त आधारमा २०७७ साल कार्तिक १२ गते स्थानीय सिफारिस समितिको बैठक तत्कालिन प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सयोजकत्वमा बैठक बसी उक्त जग्गा अस्पतालले पेश गरेको मिसिलमा संलग्न कागजात अध्ययन गरी हेर्दा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको माग निवेदन, चाँगुनारायण नगरपालिकाको सिफारिस, स्वास्थ्य र गृह मन्त्रालयको सहमति, भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरबाट प्राप्त जग्गा धनी श्रेष्ता स्थलगत सर्जमिन, फिल्ड प्रतिवेदन नापी कार्यालयबाट प्राप्त नापी नक्सा फिल्डबुक प्रस्तावित ट्रेस नक्सा फिल्ड प्रतिवेदन, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको जग्गा प्राप्त गर्ने मागको औचित्यताको आधारमा उक्त केन्द्रलाई उपलब्ध गराउन न्युनतम बार्षिक लिज रकम तीन लाख ३१ हजार नौ सय ८० रुपैयाँं जग्गा प्राप्त गर्न अस्पतालले राजश्व वापत सरकारी कोषमा दाखिला समेत भएको थियो । त्यसको भूमि व्यवस्थापन तथा अभिलेख विभाग बबरमहल मार्फत नेपाल सरकार भूमि व्यवस्था मन्त्रालय सिंहदरवारलाई चाँंगु नपा वडा नं. ३ थानाको पाखाको ३१ रोपनी ७ आना जग्गा सिफारिस गरिएको थियो । तर त्यसबारे अहिलेसम्म अस्पतालले कुनै चासो नै दिएको छैन ।

चाँंगुनारायण नगरपालिका वडा नं ३ को कार्यालयले बुधबार पत्रकार सम्मेलन नै गरेर जग्गा लिने सहमति गर्ने तर लिन नआएकोबारे गम्भीर चासो व्यक्त गरयो । वडा अध्यक्ष श्यामसुन्दर धिमालले भने, ‘भूमि व्यवस्था मन्त्रालयको २०७७ मंसिर १७ को चागु नपा. वडा नं. ३ को थानाको पाखाको सार्वजनिक प्रति जग्गा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणको नाममा लिजमा जाने भनी २०७८जेठ १३ को मन्त्रीपरिषद बैठकबाट निर्णय भएको थियो । सो निर्णयका आधारमा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत देवीबहादुर भण्डारी र अस्पतालका कार्यकारी निर्देशकविच सम्झौता हस्ताक्षर भई मिति २०७८ जेठ १८ गते लिज सम्झौता जग्गाधनी प्रमाणपत्र अस्पतालले आफ्नो नाममा लिएको थियो ।’
वडा अध्यक्ष धिमालले थपे, ‘यसरी मेरो वडाको जग्गा प्राप्ति गरिसकेपछि प्रारम्भिक स्थलगत नापी कार्य समेत स्थानीय जनप्रतिनिधि र जग्गावालाहरुको रोहबरमा २०७८ असार महिनामा भएको थियो । तत्पश्चात वर्षातको समय सकिएपछि पुर्ण रुपमा नाप जाँच गरी अस्पताल निर्माणको कार्य अघि बढाउने भनी आश्वासन दिएको अस्पताल प्रशासनलाई पटक पटक अनुरोध गरिरहेका छौ । अस्पतालको आवश्यकता र मागका आधारमा स्थानीय सिफारिस समितको सिफारिसका आधारमा नेपाल सरकार मन्त्रीपरिषदले गरेको निर्णयलाई कार्यान्वयन गर्नको लागि अस्पताल प्रशासन, स्वास्थ्य मन्त्रालय र नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछौ ।’
पत्रकार सम्मेलनपछि पत्रकारहरुलाई उक्त जग्गाको अवलोकन भ्रमणसमेत गराइएको थियो ।
उता अस्पताल प्रशाशनले भने भिरालो र टाढा भएको कारण जग्गा लिन नगएको जनाएको छ । जग्गा अस्पतालबाट झण्डै पाँंच किलोमिटर दक्षिण पूर्वमा पर्दछ । अस्पतालको सेवा हाल भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीबाट भइरहेको छ । त्यहाँं साँंघुरो एउटा भबनबाट मात्रै सेवा दिइरहेको छ ।
स्थान अभाब भन्दै अस्पताल मृर्गाैला अस्पतालमा सिमित छ । केन्द्रको मुटु फोक्सो तथा नशा सेवा ठाउँं अभाबका कारण वन्द प्रायः छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।