ब्यासी छोरी बुहारी समुहका सदश्यहरुको भेला सोमबार ख्वप साकोसमा सम्पन्न भयो | कार्यक्रममा समाजसेबी गणेश प्रसाद सुवालले महिलाहरू लाई शैक्षिक रुपमा प्रौढ कक्षा संचालन गरेको स्मरण गर्दै यहि आउदो फागुन १६,१७,१८ र १९ गते हुने नेमकिपाको ८औं महाधिवेशनमा आर्थिक ,भौतिक र नैतिक सहयोग गर्न अनुरोध गर्नु भयो |
ख्वप साकोसका अध्यक्ष तथा ब्यासी छोरी बुहारी समुहका सल्लाहकार राजकुमार लघुले बचतको भावना बिकास गर्न उदेश्यले छोरी बुहारी समूह गठन भएकोमा खुसी ब्यक्त गर्दै भक्तपुरको शैक्षिक आन्दोलन राम्रो छ,ख्वप बिश्व बिध्यालयले सम्बन्धन पाउन सके सम्पुर्ण नेपाली बिध्यार्थीले सस्तोमा डाक्टरि पढन पाउछ भन्नुभयो |
सभापति ब्यासी छोरी बुहारी समुहका अध्यक्ष धर्म लक्ष्मी लघुले समुहको उदेश्य अनुसार सदस्यहरुलाइ थानकोटको कालू पान्डे सालिक इन्द्र दह र स्विजर्ल्याण्ड पार्क भ्रमण गराउने जानकारी गराउन्दै समुहको आय/ब्यय प्रस्तुत गर्नु भयो | भ्रमण २०८१ माघ १७ गते बिहिबार हुने र माघ १२ गतेसम्ममा रु.३००| तिरेर नाम दर्ता गर्नु पर्ने बताइयो |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1