चाँंगु । भक्तपुरको चाँंगुनारायण नगरपालिका क्षेत्रको मुख्य पर्यटकीय आकर्षण केन्द्र हो नगरकोट । तर चाँंगुनारायण नगपालिका क्षेत्रभरिमा नगकोट मात्रै नभई यस्ता दर्जनौं सम्भावित पर्यटकीय गन्तव्यस्थलहरु रहेको जनाइएको छ । यही पर्यटकीय गन्तव्यस्थलहरुकाबारेमा देशीविदेशी पर्यटकहरुलाई अवगत गराउन नगरकोट भ्रमण वर्ष २०८२ को आयोजना गर्न लागिएको छ ।
महोत्सवको आयोजना जिल्लाको चाँंगुनारायण नगरपालिकाले गर्न लागेको हो । यसैको तयारीस्वरुप शुक्रबार नगरकोट भ्रमण वर्ष २०८२ को तयारी सम्वन्धी मुल समारोह समितिको पहिलो बैठक वस्यो । बैठकमा नगरपालिकाका मेयर, उपमेयर, चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ९ वडासम्मकै वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद्हरु, बागमति प्रदेशका सांसद्हरु, जिल्लास्थित मुख्यमुख्य राजनीतिक दलहरुका अध्यक्ष तथा सभापतिहरुसहित विशिष्ट व्यक्तित्वहरु गरी सयौंको भव्य उपस्थिति बसेको थियो ।
बैठकका सभापतित्व गर्दै नगर प्रमुख जीवन खत्रीले भ्रमण वर्ष नगरपालिकाको मात्रै नभई सिंगो नगरबासीहरुको रहेको जनाए । यसकारण भ्रमण वर्षलाई सफल बनाउन घरघरबाट परिवारका सदस्यहरु सवैजना अग्रसर हुन उनले आग्रह गरे । उनले नगरकोट इज मोर डेन सनराइज (नगरकोट सूर्याेदयका लागि मात्रै होइन) अरु पनि धेरै पर्यटकीय गन्तव्यस्थलहरु छन् भन्ने सन्देश विश्वभरिमै दिन भ्रमण वर्ष मनाउन लागिएको जनाए ।
उनका अनुसार भ्रमण वर्ष तयारी मूल समारोह समितिमा जिल्लाबाट प्रतिनिधित्व गर्ने दुवै जना संघीय सांसद्हरु, जिल्लाबाट प्रतिनिधित्व गर्ने बागमति प्रदेशका सांसद्हरु, जिल्लास्थित मुख्यमुख्य राजनीतिक नेपाली कांग्रेस, नेकपा एमाले, राष्टिय स्वतन्त्र पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दलहरुका अध्यक्ष तथा सभापतिहरु सल्लाहकार रहेका छन् ।
बैठकमा आयोजक चाँंगुनारायण नगरपालिकाका उपमेयर रमेश वुढाथोकीले ६ पृष्ठ लामो नगरकोट भ्रमण वर्ष २०८२ को कार्यक्रम कार्यान्वय कार्ययोजना २०८१ पढेर सुनाएका थिए । त्यस अवसरमा उनले नगरपालिका क्षेत्रभित्र नगरकोट मात्रै नभई नगरकोट जस्ता एक दर्जन भन्दा वढी सम्भावित पर्यटकीय गन्तव्यस्थलहरु नगरपालिका क्षेत्रभित्र रहेको जानकारी गराए । उनले नगरपालिका क्षेत्रभित्र त्रिसुलडाँंडा, मुहानपोखरी, शान्तिडाँंडा, ज्योतिलिंगेश्वर महादेव, वाल्मिकेश्वर, भीमेश्वर, कल्पेश्वर महादेव, मच्छेनारायण, सरस्वतीस्थान, ब्रम्हायणी, फैढोका गणेश, रानी झुलालगनयतका दर्जनौं सम्भावित पर्यटकीय गन्तव्यस्थलहरु नाम सुनाएका थिए ।
बैठकमा जनाइए अनुसार पहिलो चरणमा माघ महिनाभरि योजनाहरु बनाउने नक्सांकन गर्ने (कुनकुन वडाहरुमा केके गर्ने?), फागुनमा प्रचारप्रसार तथा चैतमा छुटेका योजनाहरु राखेर बैशाख १ भ्रमण वर्ष औपचारिक रुपमा सुरु हुनेछ । भ्रमण वर्षको अवधिमा वर्षभरि विभिन्न ठाउँंहरुमा विभिन्न गतिविधिहरु हुनेछन् । यसका लागि वडावडामा वडास्तरीय नगरकोट भ्रमण वर्ष तयारी समितिहरु गठन भइरहेका छन् ।
बैठकमा भक्तपुर क्षेत्र नं २ का संघीय सांसद् एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, राष्टिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा संघीय सांसद सन्तोष परियार, भक्तपुरबाट बागमति प्रदेश सभामा सदस्य रहेकाहरु नेपाली कांग्रेसका सुरेश श्रेष्ठ, नेकपा (एकीकृत माओवादी) का देवेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की गीता काफ्ले केसीलगायत जिल्लाका मुख्य राजनीतिक पार्टीका पार्टी सभापतिहरु तथा चाँंगुनारायण नगरपालिकाका पार्टीका नगरसभापतिहरु तथा अन्य विभिन्न क्षेत्रका विशिष्ट महानुभाबहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।