खरिपाटी । भक्तपुरको चाँंगुनारायण नगरपालिकाकाले वर्षाैदेखि अलपत्र नगरकोट सडक नगरपालिका आफैंले बनाउने उद्घोष गरेको छ । चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफनो नगरपालिका क्षेत्रभित्र पर्ने नगरकोट सडक नगरपालिका आफैंले बनाउने सार्वजनिक घोषणा गरेका हुन् । आफनो फोटोसहितको नगरकोट सडकको तस्वीर राखेर प्रमुख जीवन खत्रीको सचिवालयले नगरकोट सडक नगरपालिकाले आफैंले बनाउने सार्वजनिक घोषणा गरेका हुन् । ‘अब हामी बनाउँंछौ नगरकोटको बाटो’
शीर्षकमा डिजाइनसहितको सार्वजनिक पोष्टर नै बनाएर प्रमुख खत्रीको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक जानकारी गराएका छन् ।
भक्तपुरको कमलबिनायक भत्केकोपाटीदेखि नगरकोटसम्म पुग्ने नगरकोट सडक परियोजना पछिल्लो पटक सरकारले ठेकेदार कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । यो प्रक्रियासँगै नगरपालिका आफैंले सडक निर्माण गर्ने बाटो खुलेको थियो ।
सडक निर्माणका लागि नगरपालिकाले नगरपरिषद्बाट १२ करोड रुपैयाँ बिनियोजन गरिसकेको नगर प्रमुख जीवन खत्रीले जनाए । नगरकोट भ्रमण बर्ष नजिकिँदै जाँदा कमलबिनायक नगरकोट सडक स्तरोन्नति चाँडै हुन आबस्यक भएकाले आफैंले सडक बनाउन थालेको उनले जनाए । ‘नगरकोट सडकको लागि १६ करोड पर्याप्त छैन, उनले भने, नगरकोट भ्रमण बर्ष सरकारको पनि भएकाले केन्द्रीय सरकारले कमलबिनायक सडक निर्माणमा अग्रसरता देखाउनुपर्छ ।’ सम्बन्धित निकायमा बजेट बिनियोजनका लागि लागिपरिरहेको नगरप्रमुख खत्रीले जानकारी दिए ।
नगरकोट भ्रमण बर्ष २०८२ नगरकोटको मात्र नभई चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ९ सम्मको हो । त्यसैले पनि वडावडामा भ्रमण वर्षका लागि वडा कमिटीहरू गठन भइरहेका छन् । नगरकोट भ्रमण बर्ष २०८२ आयोजनाका लागि मूल समितिको बृहत बैठक पनि वसिसकेको छ । साथै यसका लागि तयारी पनि तीव्र पारिएको जनाइएको छ ।
भक्तपुरबाट नगरकोट पुग्न ८ वटा बाटाहरू छन् । तथापि कमलबिनायक नगरकोट सडक नै नगरकोट पुग्ने मुख्य सडक हो । यो सडक १० बर्ष वढी समयदेखि अलपत्र छ । यही कारण चाँंगुनारायण नगरिालिकाले नगरकोट प्रवेश गर्ने विदेशी पर्यटकहरुसँग लिँदै आएको प्रवेश शुल्क पनि अहिले उठाउन बन्द छ । नगरकोट सडक अलपत्र हुँदा नगरकोटको सट्टा बैकल्पिक ठाउँतिर पर्यटकहरू गएको डाइभर्ड हुँंदै आएका छन् ।
नगरकोट सडक निर्माण सम्पन्न नगरी नगरकोट महोत्सव गर्नुको कुनै तुक नै नहुने भन्दै नगरपालिका नगरकोट सडक बनाउन जुटेको हो । नगरकोट भ्रमण वर्ष—२०८२, २०८२ वैशाख १ गते उदघाटन गरी औपचारिक रुपमा सुरु हुनेछ । उदघाटनपछि एक वर्षसम्म नगरकोट भ्रमण वर्ष २०८२ चल्नेछ । त्यस क्रममा चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ९ सम्म नै विभिद् कार्यक्रमहरु गर्ने योजना नगरपालिकाको छ ।
भ्रमण बर्ष आयोजना गर्नुको मूल उद्देश्य बाह्य पर्यटक भित्र्याउने र बसाइ लम्ब्याउने, आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने रहेको नगरपालिकाले जनाएको छ । यसका लागि चाँंगुनारायण नगरपालिकाले आबश्यक पूर्बाधारहरू बनाउँदै धार्मिक महत्वका मठमन्दिरहरूको जिर्णोद्वार, रंगरोगन पनि गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1