भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको उपस्थितिमा सरोकारवालाहरुको बैठकले सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजना अन्तर्गत जगाती क्षेत्रमा साविककै स्थानमा बस स्टप थप गर्ने निर्णय गरेको छ । जगाती बसस्टप सम्बन्धमा बसेको बैठकले सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजना अन्तर्गत जगाती क्षेत्रमा सडकको डीपीआरमा साविकको भन्दा फरक स्थानमा बस स्टप प्रस्ताव गरिएकोमा गुनासोपछि उक्त निर्णय भएको हो । स्थानीयवासीहरुको माग बमोजिम साविकको स्थानमा बस स्टप थप गर्ने बैठकले निर्णय गरेको हो । यसका लागि भक्तपुर नगरपालिकाले पटक पटक सरोकारवालाहरुको बैठक राखी समन्वय गर्ने प्रयास गर्दै आएको थियो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंको संयोजकत्वमा गठित आदर्श चोक निर्माण सम्भाव्यता अध्ययन कार्यदलको बैठकले बस स्टप थप गर्ने सम्बन्धी निर्णय गरेको हो । बैठकमा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू, भनपाका इन्जिनियर दिलभक्त जयना, आयोजनाका सि.डि.ई. सजना अधिकारी, इन्जिनियर विवेक पाण्डे, स्थानीय सरोकारवालाहरु मणिरत्न बज्राचार्य, सीताराम खाइतु, कृष्णभक्त कवां, राजकुमार बनमाला, श्रीजन खागी, कृष्णलाल किसीलगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1