Prithvi Post

७ बैशाख २०८२, आईतवार

दूर सञ्चार कार्यालय इटहरीले आज प्रभातफेरी सहित बिभिन्न खेलकुदहरूको आयोजना सहित भब्य रूपमा २१ औ बार्षिकोत्सव सम्पन्न गरेको छ। नेपाल टेलिकमको निबृत्त कर्मचारीहरू सहितको उपस्थितिमा दू.सं.का. इटहरीका कार्यालय प्रमुख उप प्रबन्धक श्री लोकराज शर्मा भट्टराइले सम्पूर्ण कर्मचारीहरूले कार्यालयलाइ आफ्नो घर रहेको तथा ग्राहकहरुको सेवा नै परम कर्तब्य बताउँदै कोशी प्रदेश अन्तर्गत सबै भन्दा बढी आसामी असुल गर्न सफल भएकोले प्रादेशिक निर्देशनालयबाट दूर सञ्चार कार्यालय इटहरी तथा अन्तर्गतका कार्यलयलाइ सम्मान पत्र प्राप्त गरेको खुशीको खबर सुनाउँदै सम्पूर्ण कर्मचारीहरूप्रति बधाई तथा आभार प्रकट गर्नु भयो । साथै बिभिन्न खेलकुदहरूको बिजेताहरूलाइ प्रमाण पत्र तथा निबृत्त कर्मचारीहरूलाइ संयुक्त रूपमा प्रमुख उप प्रबन्धक श्री लोकराज शर्मा भट्टराइ तथा लेखा प्रमुख वरिष्ठ लेखा अधिकृत श्री दिनेश सुवालले सम्मान समेत प्रदान गर्नुभयो। प्रशासन प्रमुख श्री प्रकाशचन्द्र फूयलले स्वागत मन्तब्य दिनुभएको थियो । सहायक लेखा अधिकृत श्री भोजराज कोइरालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा अतिथिका रूपमा वरिष्ठ इन्जिनियर श्री उमेश यादव एवं वरिष्ठ प्राविधिक अधिकृत श्री अच्युत गौतम समेतको उपस्थिति रहेको थियो । १११ वर्षको लामो इतिहास बोकेको नेपाल टेलिकमले विभिन्न आरोहअवरोह पार गर्नुपरेको अवस्थामा पनि नेपालकै नम्बर १ दूर सञ्चार सेवाप्रदायक हुन सफल भएको र यसका लागि सम्पूर्ण कर्मचारीहरू, आम उपभोक्ताहरू, डिलरहरू लगायत सम्पूर्ण सरोकारवालहरूको उतिक्कै भूमिका रहेको लेखा प्रमुख वरिष्ठ लेखा अधिकृत श्री दिनेश सुवालले बताउनुभयो । साथै राष्ट्रको सञ्चारका रूपमा रहेको नेपाल टेलिकमलाइ सशक्त एवं अझ उचाइमा पूर्याउनका लागि सबैलाइ निष्ठापूर्वक लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।