भक्तपुर । नेपाल संवत् ६११ मा स्थापित भक्तपुरस्थित नेपालकै प्रथम कुमारीलाई शनिबार समेब्व (भोज) चढाइएको छ । भक्तपुर नगरपालिका वडा नं १० क्वाठण्डोस्थित प्रशन्नशिल महाविहारमा रहेका कुमारीलाई भक्तपुरमा भव्य कार्यक्रम गरी समेब्व चढाइएको हो ।
यस क्रममा सम्पदा संरक्षण महाअभियानका संरक्षक रबि शाक्यबाट आभूषण तथा रंजितकार समाज भक्तपुरद्वारा गरगहना तथा बस्त्र (लुगाफाटो) पनि चढाइएको थियो । कार्यक्रमको क्रममा याछें भक्तपुर निवासी मदन रंजितकारले छोयला –२ किलो चढाएका थिए । साथै याछें, भक्तपुर निवासी नारायण रंजितकारले राँगाको टाउको –१ पनि स्वइच्छाले चढाएका थिए ।
कार्यक्रम रयालीबाट सुरु भएको थियो । रयाली बाजागाजाका साथ भएको थियो । कार्यक्रमको क्रममा भक्तपुर नगरपालिका वडा नं १ भार्वाचोबाट रयाली सुरु भएको थियो । रयाली भक्तपुर नगर परिक्रमा गरी भक्तपुर नगरपालिका वडा नं १० स्थित प्रशन्नशिल महाविहार क्वाठण्डो पुगेको थियो । त्यहाँं पुगेपछि नेपालकै प्रथम कुमारी श्री ख्वपः मुल कुमारीलाई समेब्व चढाइएको थियो । साथै गरगहना र वश्त्र, छोयला तथा काटेको राँंगाको टाउको पनि चढाइएको थियो ।
कार्यक्रम रञ्जितकार समाज भक्तपुर र सम्पदा संरक्षण महाअभियानको संयुक्त आयोजनामा भएको थियो । कार्यक्रम समापनपछि भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीस्थित झौरबहीमा सहभागीहरुलाई कुमारी भोज पनि खुवाइएको थियो । यसअघि नै प्रति सहभागी रु ५०० शुल्क उठाई शुल्क भुक्तानी गरिसकेर कार्यक्रममा सहभागीहरुलाई कुमारी भोजमा सामेल गराइएको थियो ।
आयोजक रञ्जितकार समाज भक्तपुरका उपाध्यक्ष लक्ष्मीप्रसाद रञ्जितकारका अनुसार काठमाडौं उपत्यकाका विभिन्न कुमारीहरुमध्ये नेपाल सम्वत् ६११ मा स्थापित भक्तपुर नगरपालिका वडा नं १० स्थित क्वाठण्डोमा रहेको श्री ख्वपः मुल कुमारी नै नेपालको पहिलो कुमारी हो । उनका अनुसार त्यसपछि मात्रै काठमाडौ, ललितपुर, भक्तपुरलगायतका विभिन्न जिल्लाहरुमा कुमारी प्रथाको चलन सुरु भएको हो । तथापि भक्तपुरको कुमारी ओझेलमा परेकाले प्रचारप्रसारका लागि कार्यक्रम गरिएको उनले बताए ।
उनका अनुसार औपचारिक रुपमा यस्तो कार्यक्रम भएको यो नै पहिलो हो । उनका अनुसार भक्तपुरमा मात्रै भक्तपुरको तलेजुलगायतका ठाउँंमा गरी कुल १२ जना कुमारीहरु छन् । तीमध्ये भक्तपुर नगरपालिका वडा नं १० क्वाठण्डौस्थित प्रशन्नशिल महाविहारमा रहेको कुमारी नै भक्तपुरका १२ कुमारीहरुमध्ये मुख्य कुमारी हुन् ।
जिवित यी कुमारीहरु रजश्वला हुनुभन्दा अगाडि नै फेरिन्छन् र नयाँं कुमारी राखिन्छन् । यस हिसावले भक्तपुरमा वर्षैभरि १२ जना कुमारीहरु भइरहन्छन् । कार्यक्रममा सयौं संस्कृतिप्रेमीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1