Prithvi Post

६ बैशाख २०८२, शनिबार

भक्तपुर । मट्का बिर्यानी ! सुन्ने बित्तिकै यसका पारखीको मुख नरसाई छाड्दैन । यसैका पारखीलाई सन्तुष्ट पार्दै आएको छ, भक्तपुरको सल्लाघारी दुवाकोट मोडस्थित ‘ओल्ड टाउन रेस्टुरेन्ट एण्ड कफी सप’ ले ।
भक्तपुरको घरदेखि अफिससम्म सस्तोमा हाइजेनिक खाना पुयाउने उद्देश्यले संचालनमा ल्याइएको ‘ओल्ड टाउन’ले बिरयानी, पिज्जा, बर्गर, पास्ता, खाना सेट, नान रोटी, मःम, चाउमिन, सेकुवा र थुक्पा जस्ता दर्जनौं परिकारहरुमा अर्गानिक स्वाद दिएर रेष्टुरेन्टको भिडमा छुट्टै ब्रान्ड बनाउन सफल भएको छ । तर पनि ओल्ड टाउन प्रख्यात छ, मट्का बिर्यानीमा । उसले यसलाई भक्तपुरभरि फ्री डेलिभरी पनि गरिरहेको छ ।
‘हामीले लामो समय बजार अध्ययन गर्यौं । सामान्य पसलदेखि पाँचतारे होटलसम्मका स्वाद चाख्यौँ,’ सञ्चालक भन्छन्, ‘सबैतिरको स्वाद उस्तै–उस्तै भेटियो । कतै त बिरयानी भनेर दिएको ठाउँमा हेर्दा मात्र बिरयानी देखिन्थ्यो स्वाद चाहिँ मासुभात मुसेर खाएको जस्तो मात्र ।’ यही भएर विशेष विरयानी बनाउने गरेको जनाएको छ ।
२५ लाखको लगानीमा रेस्टुरेन्ट खोलिएको जनाइएको छ । भक्तपुरलाई टार्गेट गरेर ४ बर्ष अघि फरक शैलीको रेस्टुरेन्ट संचालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।