Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

८ पुस, काठमाडौं । युरोपेली फुटबल महासंघ (युईएफए)को प्रो लाइसेन्स प्रशिक्षकको सहभागितामा नेपालमा युथ फुटबल क्याम्प आयोजना हुने भएको छ ।
पेरिविंकल सर्भिस प्रालिले आयोजना गरेकोे यो क्याम्प शनिबारदेखि पुस २४ गतेदेखि माघ ८ गतेसम्म ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलको मैदानमा सन्चालन हुनेछ । सम्भावित युवा फुटबलरको पहिचान, उनीहरुलाई मार्गदर्शन र फुटबलमा लाग्न चाहनेलाई सैद्धान्तिक र रणनीतिक ज्ञान प्रदान गर्न युथ फुटबल क्याम्प आयोजना गर्न लागिएको पेरिवंकलले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।

१६ वर्षभन्दा मूनि उमेरसमूहका अधिकतम १०० जना बालबालिकालाई व्यवसायिक प्रशिक्षकमार्फत फुटबलको आधारभूत ज्ञान दिने लक्ष्य आयोजक छ । त्यसका लागि प्रति खेलाडी ३५ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

प्रशिक्षण शुल्क, मैदान, तालिम अवधिभर खाना, शिविरका लागि आवश्यक सबै फुटबल किटसहित प्रशिक्षण अवधिभर आवश्यक सबै खर्चहरुका लागि सो शुल्क लिइएको आयोजकले प्रष्ट पारेको छ ।

युईएफए प्रो लाइसेन्स प्रशिक्षक पोर्चुगलका फावियानो फ्लोराले सहभागीलाई प्रशिक्षण गराउनेछन् । उनी साउदी अरेबियाको शीर्ष डिभिजन खेल्ने अल साहेल क्लबका प्रशिक्षक हुन् । आयोजकले दिएको जानकारीअनुसार उनीसँग अफ्रिकी आइल्याण्ड मगादस्कर र टिमोर लेस्टेको राष्ट्रिय टिम प्रशिक्षण गरेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।