Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

भक्तपुर । कितावी ज्ञान मात्रै सम्पूर्ण नभएको बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । पढाईका अलावा विद्यार्थीको क्षमता चिनेर त्यसलाई पनि अगाडि वढाउनुपर्नेमा उनीहरुले जोड दिए ।
जिल्लास्थित एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरले गरेको साँंस्कृतिक प्रदर्शनी २०८१ उदघाटन कार्यक्रमका वक्ताहरुले विद्यार्थीलाई पढाईका साथै उनीहरुको रुचिमा पनि विशेष ध्यानदिनुपर्नेमा जोड दिए । त्यही भएर विद्यार्थीमा भएको आआफनो प्रतिभा प्रस्फुटनका लागि खेलकुद्, नृत्य, गायन, उशु, योगा जस्ता २२ वटा क्लवहरु सञ्चालित भएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले जनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले अरु स्कुलहरुले वार्षिकोत्सवको अवसरमा मात्रै यस्ता अतिरिक्त क्रियाकलाप गर्ने गरेको पाइए पनि आफूहरुले नियमित रुपमै यस्ता कार्यक्रमहरु गर्दै आएको जानकारी गराए ।
कार्यक्रममा कक्षा ५ देखि मुनिका विद्यार्थीको सहभागितामा प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा स्कुलका चाँंरपाँंच सय विद्यार्थीले विभिन्न प्रदर्शनी गरेका थिए । बिद्यार्थीहरुले गीत, नृत्य, जिम्याष्टिक, उसु, योगा, धिमे बाजा, बाँंसुरी बाजाको प्रदर्शनी गरेका थिए । विद्यार्थीहरुले गुँंरास फुल्दालगायतका गीतमा प्रस्तृति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।