भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरद्वारा आइतबार सूर्यविनायक नगरपालिका बालकोटका तीन वटा खाद्यान्न पसलहरु अनुगमन गरियो । बालकोटस्थित सीता खाद्य स्टोरमा नगरपालिकामा दर्ता नभएकोले स्थानिय पालिकामा ७ दिनभित्र दर्ता गर्न निर्देशन दियो भने मूल्यसूचिमा जती लेखिएको छ, त्यतिमा मात्र ग्राहकसँग लिइ विक्री गर्न दिर्नेशन दियो ।
अनुगमनमा विनायक स्टोरलाई म्याद नागेको बस्तुहरु राख्ने छुटै ठाउँको व्यवस्था गर्न निर्देशन दिए । त्यस्तै माँ राजदेवी मसला सप्लायर्समा मूल्य सूची देखिने ठाउँमा राख्न, ढक तराजु नविकण गर्न, स्थानीय पालिकामा ७ दिनभित्र दर्ता गर्न, अनुज्ञापत्र लिएर मात्र प्याकिङ्ग गर्न निर्देशन दिइयो । त्यस्तै गठ्ठाघर जि. के. एस. इन्टरप्राइजेज्मा म्याद नाघेको सोया सस २० वटा, सुर्ती ५ पाकेट जफत गरी नस्ट गरिया भने म्याद गुज्रेको सामानहरु राख्न छुटै ठाउँको व्यवस्था गर्न निर्देशन दियो । त्यस्तै ए. एण्ड. ए. ट्रेर्डस सूर्यविनायकमा ग्यास बिक्री गर्दा तौल गरेर मात्र बिक्री गर्न, गोदाम व्यवस्थित गर्न र खरिद गरेको ग्यास भन्दा विक्री गरेको ग्यास १५० वटा ग्यास नपुगेकोले उपभोक्ता संरक्षण ऐन २०७५ को विभिन्न दफा उल्लंघन गरेकोले निजलाई रु. १००००÷– जरिवाना गरेको थियो । अनुगमनकै क्रममा सूर्यविनायकस्थित दीप किराना स्टोरमा खरिद विल अनुसार १९९ वटा ग्यासको बिक्री बिल नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ को विभिन्न दफा उल्लंघन गरेकोले निजलाई रु. १००००÷– जरिवाना गरेको थियो ।
जिल्ला प्रशासन कार्याल भक्तपुरको नेतृत्व गरिएको अनुगमनमा प्रशासकीय अधिकृत शिव काकी, उद्योग तथा वाणिज्य कार्यलय भक्तपुर कार्यालय प्रमुख रामप्रसाद कुस्मा, जिल्ला प्रशासन कार्यालयका नासु यादव मिश्र, आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि देवानन्द तिमिल्सिना, सूर्यविनायक नगरपालिकाका अधिकृत लोकनाथ खतिवडा, भक्तपुर उद्योग वाणिज्य संघका विश्वराम दुवाल, उपभोक्ता मञ्च भक्तपुरका मनोज थापा, उद्योग तथा वाणिज्य कार्यलय भक्तपुर कार्यालयका प्रतिनिधि लक्ष्मीप्रसाद कासुला र महानगरीय प्रहरी प्ररिसरका सुरक्षाकर्मीको सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1