Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

काठमाडौं । निजीस्तरबाट सन्चालित सिभिल इन्जिनियरिंग लेव्रोटरीहरुको छाता संस्था सिभिल इन्जिनियरिंग लेव्रोटरी एसोसिएसन अफ नेपालले कार्यालय सञ्चालनमा ल्याएको छ । एशोसिएसनले ललितपुर महानगरपालिका वडा नं. ३ इमाडोलमा कार्यालय सञ्चालनमा ल्याएको हो । विहीबार विधिवत पूजाआजा गरी कार्यालय सञ्चालनमा ल्याएको हो । सगठन बिस्तारलाई पहिलो प्राथमिकता दिदै देशभरि संचालनमा रहेका निजीस्तरका सिभिल इन्जिनियरिंग लेब्रोटरीहरुको लगत संकलन गर्ने कार्यका लागि ७ वटै प्रदेशमा प्रदेश सयोजक तोकेर लगत लिने र सदस्यता बिस्तार गर्ने कार्य सुरु भइसकेको जनाएको छ । साथै परीक्षण शुल्कमा एकरुपता कायम गर्न पनि एसोसिएसनले कार्य प्रारम्भ गरिसकेको जारी प्रेश बिज्ञप्ती मार्फत् उक्त एसोसिएसनका केन्द्रीय अध्यक्ष रामशरण देउजाले जानकारी गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।