Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

८ पुस, काठमाडौं । इण्डियन प्रिमियर लिगको नयाँ सिजनका लागि शुक्रबार मिनि अक्सन भइरहेको छ । अहिलेसम्म ४०५ जनाको सूचीमा रहेकामध्ये १० जना खेलाडी विक्री भएका छन् ।

पञ्जाव किंग्सले इंग्ल्याण्डका युवा अलराउण्डर साम कुरानलाई अहिलेसम्मकै सर्बाधिक १८ करोड ५० लाख भारुमा अनुबन्ध गरेको छ । जिम्बावेका अलराउण्डर सिकन्दर राजाका लागि उसले ५० लाख भारु खर्चेको छ ।
चेन्नाई सुपर किंग्सले इंग्ल्याण्डका बेन स्टोक्सलाई १६ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ । भारतीय भेट्रान अजिंक्या राहणेलाई ५० लाखमै भित्र्याउन सफल भएको छ ।

गुजरात टाइटन्सले न्युजिल्याण्डका कप्तान केन विलियमसनलाई २ करोड तथा वेष्ट इण्डिजका ओडिन स्मिथलाई ५० लाख भारुमा भित्र्याएको छ । मुम्बई इण्डियन्सले इंग्लिस अलराउण्डर क्यामरुन ग्रिनका लागि १७ करोड ५० लाख भारु खर्चिएको छ । राजस्थान रोयल्सले वेष्ट इण्डिनका जेसन होल्डरका लागि ५ करोड ७५ लाख भारुमा अनुबन्धन गरेको छ ।
सनराइजर्स हैदराबादले इंग्ल्याण्डका ब्याटर ह्यारी ब्रुकलाई १३ करोड २५ लाख भारुमा भित्र्याएको छ भने भारतीय क्रिकेटर मयंक अग्रवालका लागि ८ करोड २५ लाख खर्चिएको छ ।

आईपीएल मिनि अक्सनमा २७३ भारतीय र १३२ विदेशी (एशोसिएटका ४ जनासमेत) गरी ४०५ जना खेलाडी समावेश छन् । तीमध्ये अधिकतम ८७ जना खेलाडी विक्री हुनेछन् ।

आगामी सिजनका लागि चेन्नाईले ७ (२ विदेशी), दिल्ली क्यापिटल्सले ५ (२ विदेशी), गुजरात टाइटन्सले ७ (३ विदेशी), कोलकाता नाइट राइडर्सले ११ (३ विदेशी), लखनउ सुपर जायन्ट्सले १० (४ विदेशी) खेलाडी अनुबन्ध गर्नुपर्नेछ ।

मुम्बई इण्डिन्सले ९ (३ विदेशी), पञ्जाव किंग्सले ९ (३ विदेशी), राजस्थान रोयल्सले ९ (४ विदेशी), रोयल च्यालेन्जर्स बैंग्लोरले ७ (२ विदेशी) तथा सनराइजर्स हैदराबादले १३ (४ विदेशी)खेलाडी खरिद गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।