Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

भक्तपुर । कथाकार धनमान श्रेष्ठको कथाकृति ‘धनमान श्रेष्ठका प्रतिनिधि कथा’ नामक कथासंग्रहको शनिबार भक्तपुरमा विमोचन गरिएको छ । स्वर प्रकाशन, स्वर द्धैमासिक पत्रिका काठमाडौंको आयोजनामा विमोचन समारोह भएको हो । कार्यक्रमको संयोजन सिर्जना अभियान समाज भक्तपुले गरेको हो । पुस्तकको साहित्यकार इन्दिरा प्रसाई लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, लेखक धनमान श्रेष्ठ, सिर्जना अभियानका सचिव ध्रुब मधिकर्मी, डा योगेन्द्र प्रधान, ठाकुरप्रसाद भण्डारीलगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रमको सभापति पुस्तकको प्रकाशक स्वर प्रकाशन, स्वर द्धैमासिक पत्रिका काठमाडौका अध्यक्ष कार्तिकेय घिमिरेले गरेका थिए ।
पुस्तकमा ८२ वटा कथाहरु संकलित छन् । पुस्तक ८५ पृष्ठको छ । पुस्तकको मूल्य दुई सय ५५ राखिएको छ । पुस्तकको प्रकाशन स्वर प्रकाशन, स्वर द्धैमासिक पत्रिका काठमाडौंले गरेको हो । लेखक धनमानका यसअघि पनि आधा दर्जन पुस्तक प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।