Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

रश्मिता भुजेल
एक दिन उज्यालो आउँछ मेरो पनि दिन आउँछ,
कसैले नसोचेको बेला मेरो पनि दिन आउँछ ।
सपना पुरा हुन्छ, प्रयासले जिन्दगी बदल्छ,
पछाडिबाट हाँस्दै एक दिन उज्यालो आउँछ ।

म हारेको छैन, हारेको छैन,
तपाईंले मसँग के चाहनु भयो?
सपना मेरा पुरा हुन्छ,
म हारेको छैन, हारेको छैन ।

आजै होइन, तर एक दिन मेरो पनि दिन आउँछ,
चाहे जति भए पनि मेरो पनि दिन आउँछ ।
हिम्मत नगुमाऊ, जित्नका लागि चाहिं
निरन्तर प्रयासले ल्याउँछ सफलता ।

आशा राख, समयको साथ साथ,
तिमीले पाएला सफलताको स्वाद ।
जति जित्नु परे पनि,
मेरो पनि दिन आउँछ, मेरो पनि दिन आउँछ ।

जीवनका संघर्ष र असफलताका बाबजुद, निरन्तर प्रयास गर्नेहरूको लागि आशा र उत्साहको सन्देश बोकेको यो गीत गीतकार तथा रचनाकार उपेन्द्र सापकोटाद्वारा रचित र गाइएको हो । जीवन भनेको संघर्ष र प्रयास हो यसमा त्यसैले जित्छ जसले निरन्तर प्रयास गरिरहन्छ । कयौ दिनका थकाइ अनि कयौ रातका निद्राले पनि सफलता हात पार्न मुश्किल पर्दछ । जीवन अनि सफलता पाकिराखेको खाना जस्तो नहुने रैछ जसलाई पस्कियो अनि कुप्लुक्क खायो । यसको लागि त धानको बीउ राख्नेदेखि लिएर धान रोप्ने, औषधि, मल हाल्ने, धान काट्ने, धान चुट्ने ,पकाउनेसम्मको यात्रा आफैले गर्नुपर्छ । तर कहिलेकाँही जितको अन्त्यमा पुगेर पनि हार भइदिन्छ अनि कहिलेकाहीं आँसुका केही थोपाले पनि सपना बगाइदिन्छ । के अन्त्यको त्यही हारलाई नै अन्तिम मान्ने कि अघिका प्रयासहरू सम्झी पुनः प्रयास गर्ने ? हो हारले कमजोर बनाउँछ अनि भएको अलिकति आत्मबल पनि सक्काइदिन्छ । तर असफलता नै असफलताको दौड पछिको सफलता नै त जिन्दगी हो । के अब प्रयास नै नगर्ने? के जिन्दगी सक्किसकेको नै हो र? जिन्दगीका यस्ता हारहरु सिकाइ हो, अनि जिन्दगिप्रतिको बुझाइ । तिम्रा हरेक असफलता अनि हारहरुले तिम्रो हरेक मेहेनत अनि प्रयासलाई सधैं उजागर गर्दछ । तिम्रो आत्मबल र लगनशीलता नै तिम्रा असल मित्र हुन् जसले न तिमीलाई रोक्न दिन्छ न त पछि हट्न नै । सफलता भनेको केवल भाग्यको कुरा होइन, यो निरन्तर प्रयास र संघर्षको नतिजा हो । इतिहासका थुप्रै उदाहरणहरूले देखाउँछन् कि लगातार असफलता र संघर्षले अन्ततः सफलता र उपलब्धिको मार्ग खोल्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।