Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने नाराका साथ नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷०८२ हुने भएको छ । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा “नवौं भक्तपुर औद्योगिक, कृषि, साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१÷०८२” को आयोजना गर्न लागिएको जनाइएको हो । ऐतिहासिक, साँस्कृतिक एवं पर्यटकीय क्षेत्र भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित खुल्ला चौरमा विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि यहीँ चैत २८ गतेदेखि बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने जनाइएको छ ।
विहीबार पत्रकार सम्मेलन गरी महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु बिक्रीका लागि राखिने जनाइयो । औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुने जनाइयो । मेलामा मोवाइल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु रहनेछ ।
हामीले महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान संचालन गर्दै छौ, पत्रकार सम्मेलनमा मेला संयोजक दीपक थापाले भने । ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु रहने जनाइयो । साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुनेछ । पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ । राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा फेशन ¥याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने विश्वास लिइएको छ । महोत्सवस्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी गरेको छ ।
मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको छ । यस महोत्सवमा १ सय ५० स्टल रहने छ । करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने अपेक्षा लिएको छ । महोत्सवलाई व्यवस्थित गर्न रु. ५० र रु. ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ । यद्यपी विद्यार्थी र जेष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत यसबाट लाभ लिन सक्नेछन् ।
बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगतिक साँझ–२०८२ को समेत आयोजन गर्न लागिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।