मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको २९ औं स्थापना दिवस विहीबार सम्पन्न भएको छ । त्यस अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारी–तुल्सीभक्त तको सम्मानित भए ।
साथै, करदाता–जगदिश किराना पसल, उपभोक्ता समिति– शंखधर पार्क गुरुयोजना, सामुदायिक विद्यालय–आदर्श मा.वि (सानोठिमी), संस्थागत विद्यालय–मातृभुमी स्कुल सम्मानित भए । साथसाथै, जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने ब्यक्ति–विरेन्द्रभक्त गजु श्रेष्ठ तथा सुजन बाग श्रेष्ठ पनि सम्मानित भए । ५ वर्षको उमेरमा नगदेश निवासी त्रिनेश कवाडी र त्रिजल कवाडी जुम्ल्याहा सगरमाथा आधार शिबिर चढ्न सफललाई पनि सम्मानित गरियो ।
नेवा आइदल सिजन २ बिजेता आश्रेय रन्जित र सेवा निर्बित्त कर्मचारी रामे खत्री, गंगा थापा, पूर्णज्योति शाक्य, कुमार पौडेल तथा हिराकाजी पनि सम्मानित भए । प्रत्येक वडाका २ जना ज्येष्ठ नागरिकलाई पनि सम्मान गरियो । त्यस अवसरमा नगरपालिका क्षेत्रमै सवैभन्दा बढी जेष्ठ नागरिक १०६ वर्षीय धनपति सापकोटा पनि सम्मानित भए । कार्यक्रम नगर प्रमुख सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।