Prithvi Post

७ बैशाख २०८२, आईतवार

भौतिक पूर्वाधार तथा मानव स्वास्थ्यमा अत्यधिक तापक्रमको प्रभाव वारे सोहमले आज नेपाल इन्जिनियर्स एसोसिएसन भवनमा आयोजना गरेको विज्ञ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वायुको तापक्रम विश्वव्यापी रूपमा वर्षेनी बढ्दै गएको र यसको नकारात्मक प्रभावबाट नेपाल जस्तो विकासशील मुलुक देखि अमेरिका जस्तो औद्योगिक राष्ट्र समेत अछुत नरहेको वास्तविकता वारे कार्यक्रमका प्रमुख वक्ता सिटि कलेज अफ न्युयोर्कका सहप्राध्यापक डा. नीर क्राकौरले प्रकास पार्नु भयो।

पर्वतीय पानी दिगोपनका युनेस्को प्रमुख तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. धिरज प्राधानाङ्गले उक्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नु भएको थियो। नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवास चन्द्र बरालले प्रमुख वक्ता तथा उपस्थित विज्ञहरूलाई स्वागत गर्दै यस प्रकारका कार्यक्रमहरूले नेपालमा दिगो भौतिक पूर्वाधार डिजाइन गर्न सकारात्मक भुमिका खेल्ने अभिव्यक्ति दिनुभयो। फेसबुक मार्फत लाइभ गरिएको उक्त कार्यक्रममा भौतिक रूपमा चालीस जना विज्ञहरूको उपस्थिति थियो। जल विज्ञान विज्ञ, मौसम विद् तथा इन्जिनियरहरूले प्रत्यक्ष तथा फेसबुक मार्फत सोधेका प्रश्नहरूको उत्तर दिने क्रममा डा. नीर क्राकौरले वायुको तापक्रम अत्यधिक बढ्दा हुने प्रभावलाई न्यूनिकरण गर्ने उपायहरूमा विकास भएका प्रविधिहरू तथा ती प्रविधिहरूलाई नेपालमा कसरी लागु गर्न सकिन्छ भन्ने विषयमा थप प्रकास पारे। लाखौं नेपाली श्रमिकहरू खाडी मुलुकको चरम तापक्रममा काम गर्नु परिरहेको स्थिति औंल्याउँदै ती श्रमिकहरूले कसरी आफु जोगिएर काम गर्ने भन्ने विषयमा पनि कार्यक्रममा छलफल भएको थियो। जल तथा मौसम विद् नेपाल (सोहम)का अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठले नेपाल इन्जिनियर्स एसोसिएसन, द स्मल अर्थ नेपाल, फुलब्राइट कोष, प्रमुख वक्ता तथा उपस्थित सबैलाई धन्यवाद दिँदै नेपाल इन्जिनियर्स एसोसिएसनका तर्फबाट प्रमुख वक्ता तथा कार्यक्रम सञ्चालकलाई खादा तथा आभारको चिनो प्रदान गर्नु भएको थियो भने सोहमको तर्फबाट नेपाल अंकित टिसर्ट उपहार दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।