काठमाडौं । देशमा भइरहेको चरम भ्रष्ट्रचारको बिरोध र राजाको आवश्यक्ता र हिन्दुत्व महत्व भएको भन्दै भक्तपुरका युवाहरु पनि राजधानीको तीनकुनेमा स्वस्फुर्त सहभागी भएका छन् । युवा राकेश बस्नेतका अनुसार दुर्गा प्रसाईको आन्दोलनमा समर्थन गर्न युवाहरु काठमाडौं पुगेका हुन् ।
अब युवा चुपलागेर नबस्ने र सडक संघर्षबाट नै राजसंस्था, हिन्दु धर्म स्थापना गर्ने र भ्रष्ट सरकारलाई सडकबाट नै कारवाही गर्ने आन्दोलनमा सहभागी भक्तपुरका एक युवा सन्दिप बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा हस्तक्षेप भएको र अब भक्तपुरमा पनि संघर्षको कार्यक्रम गर्ने र बिभिन्न कार्यक्रम आयोजना गर्दै हिन्दुराष्ट्र सहितको राजसंस्था स्थापना गर्ने राकेश बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
1