Prithvi Post

६ बैशाख २०८२, शनिबार

भक्तपुर । औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको चौथौं साधारणसभा तथा बनभोज कार्यक्रम शनिबार निलबाराहीस्थान बोदे मध्यपुर थिमिमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन संघका बागमती प्रदेशका अध्यक्ष ध्रुबनारायण श्रेष्ठले गरे ।

कार्यक्रममा संयुक्त रुपमा क्यालेण्डर पनि विमोचन गरियो ।


कार्यक्रममा वागमती प्रदेश अध्यक्ष श्रेष्ठ, महासचिव राजु श्रेष्ठ, काठमाडौका अध्यक्ष शंकर महर्जन, ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जन, काभ्रेका अध्यक्ष श्याम तिमिल्सना, रामेछाप दोलखा सदस्य मदन भौकाजीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रम जिल्ला सभापति नारायणप्रसाद भुसालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमकोबारेमा जानकारी तथा स्वागत कार्यक्रम संयोजक एवं जिल्लाका वरिष्ठ उपाध्यक्ष विनोदप्रसाद सापकोटाले गरेका थिए । कार्यक्रमको सञ्चालन मुरारी नेपालले गरेका थिए । ड्यासमा आसिन व्यक्तित्वहरुलाई खादा माला स्वागत शर्मिला लोहलाले गरेकी थिइन् । कार्यक्रमपछि कपिल कसपालले रमाइलो नाचगानको संयोजन गरेका थिए ।
कार्यक्रममा बताइए अनुसार औषधि व्यवस्था विभागमा दर्ता भएर भक्तपुरमा सञ्चालनमा रहेका औषधी पसलहरुको संख्या ६ सय भन्दा वढी छन् । तीमध्ये सवैभन्दा वढी भक्तपुर नगरपालिका क्षेत्रमा र त्यसपछि मध्यपुर थिमि नगरपालिका क्षेत्रमा छन् । संघमा भने एक सय ६५ वटाको संख्यामा मात्रै आवद्धता रहेका जनाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।