Prithvi Post

७ बैशाख २०८२, आईतवार

रेणु त्वानाबासु
भक्तपुर । निओ फ्युजन बाजा समूह र नवदुर्गा धिमे खलको सयुक्त आयोजनामा नवबर्ष २०८२ साल तथा बिस्का जात्राको शुभकामना आदान प्रदान एवम् विविध प्रशंसा पत्र, सम्मान तथा कदर पत्र वितरण कार्यकम सम्पन्न भएको छ । कायकम भक्तपुर नगरपालिका वडा नम्बर ७ को सभाहलमा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले बाजागाजालाई निःशुल्क रुपमा नभई व्यवसायिकरुपमा लानुपर्नेमा जोड दिएमा बाजा बजाएर नै जिविकोपार्जन गर्न सक्ने बताउनुभयो । बाजागाजालाई बजाउने मात्र नभई लिपिबद्व बनाउनुपर्नेमा नगर प्रमुख प्रजापतिले जोड दिनुभयो ।


कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिका वडा न ७ का वडाअध्यक्ष उकेश कवाँले बाजागाजामा मात्र नभई शिक्षामा पनि सँगसँगै लानुपर्नेमा जोड दिए । उकेश कवाँले बाजरोलाई भक्तपुरभित्र मात्र नभई उपत्यकाका बाहिर पनि प्रशिक्षण दिनुपर्ने बताए । यसमा डिजिटल प्रविधिको प्रयोग गरेर अनलाइनबाट पनि प्रशिक्षण दिन सकिने उनी बताउँछन् ।


निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले बाजागाजामा निःशुल्क पशिक्षण दिँदै आएको जानकारी दिनुभयो । यसलाई अझ व्यवस्थित तरिकाले बाजागाजालाई अगाडि लानुपर्ने बताए ।
निओ फ्युजन बाजा समूहका सल्लाकार लक्ष्मीप्रसाद बनामालाले नगरभित्र मात्र नभई नगरबाहिर पनि बाजाको प्रशिक्षण गराउँदै आएको जानकारी गराए । झौखेल, ताथली, इथुली, बागीश्वर तथा पोखरालगायतमा ठाउँमा प्रशिक्षण गराउँदै आएका छौं, उनले भने । साथै विभिन्न प्रतियोगितामा भाग लिएर पुरस्कार पनि प्राप्त गर्दै आएको उनले बताउनुभयो ।
कार्यक्रमका सभापति सविन लेवाले यसरी नै निओ फ्युजन बाजा समूहलाई साथ र सहयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रममा श्री नवदुर्गा धिमे खलःका संस्थापक तथा बर्षैदेखि निरन्तर प्रशिक्षण गराउँर्दै आएका दयाराम बनमाला र श्री नवदुर्गा धिमे खलःका अध्यक्ष तथा प्रशिक्षक गुरु बालगोपाल बनमाल सम्मान गरिएको थियो । साथै निओ फ्युजन बाजा समूहका सक्रिय रुपमा बाजा समूहको फोटो खिच्ने तथा सामाजिक संजालमा राख्ने फाटोग्राफर किशन ढुकुछुलाई कदर पत्र प्रदान गरिएको हो । साथै भक्तपुर महोत्सव २०८१ मा सहभागी सहयोगी समूह तथा प्रशिक्षार्थी ७५जनालाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमको उपस्थित सबैजनाले नेवारी पोशाकमा सहभागी भएका थिए । पुरुषले दौरासुरुवाल र महिलाले हाकुपटासी लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।