Prithvi Post

६ बैशाख २०८२, शनिबार

भक्तपुर । भक्तपुरको कमलविनायकमा आइतबार साँंझ प्रदर्शन गरिएको छ । पक्राउ परेका राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणाको बिना शर्त रिहाईको माग गर्दै राप्रपा भक्तपुर जिल्ला समितिले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा आफूहरुको माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिइयो । साथै चैत १५ गतेको आन्दोलनमा दिवंगत भएका राष्ट्रप्रेमी युवा र पत्रकारप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरियो । साथसाथै राप्रपाले गर्ने २६ गते बागमति प्रदेशको र ७ गतेबाट हुने शान्तिपूर्ण उपत्यका केन्द्रित आन्दोलनमा सबै राष्ट्रवादी साथीहरुलाई सहभागी हुन अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।