Prithvi Post

६ बैशाख २०८२, शनिबार

भक्तपुर । सरकारले लैगिंक हिंसा निवारण कोषको स्थापना गरेसँंगै अव पीडितले पनि क्षतिपूर्ति पाउनसक्ने भएको छ । हालसम्म पीडकमाथि कारबाही गर्ने तर पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको छैन ।


महिला जागरण तथा विकास केन्द्र काठमाडौंले लैगिक हिंसा निवारण कोषकोबारेमा जानकारी दिन आइतबार भक्तपुरमा गरेको अभिमुखीकरण कार्यक्रममा यसबारे जानकारी दिइएको हो । लैगिक हिंसा निवारण कोष र नगरपालिकाको नीतिहरु विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्राडा शशी अधिकारीले सरकारले केन्द्रस्तरमा र स्थानीय निकायहरुले पालिकास्तरमा कोषको व्यवस्था गर्न सकिने बताइन् । यही कोषबाट पीडितले उचित क्षतिपूर्ति पाउनसक्ने व्यवस्था बनेको उनले सुनाइन् । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष डा अनिता श्रेष्ठले महिलाको आर्थिक अधिकार सुनिश्चित गर्ने सम्वन्धमा अन्तर्राष्टिय दस्तावेजहरुमा भएको व्यवस्थाकाबारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।


कार्यक्रमको उदघाटन गर्दै भक्तपुरको सूर्यविनायक नगरापालिकाकी उपप्रमुख सरिता तिमल्सिनाले आफनो नगरपालिकाभित्र कोषको व्यवस्था हालसम्म गर्न नसकेको जनाइन् । यसको लागि कार्यविधि तथा सञ्चालक समिति गठन गरी अगाडि वढ्ने प्रतिवद्धता उनले त्यस अवसरमा व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।