भक्तपुर । भक्तपुरको झौखेलस्थित सेवाघरमा ४२ जना वेवारिसे सडक मानवहरुले सेवा पाइरहेको जनाएको छ । भोलिदेखि भक्तपुरको राधेराधे यातायात कार्यालयसँंगै हुने भनिएको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ को तयारीबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिने क्रममा यसबारे जानकारी गराइएको हो ।
सेवा घरको केन्द्रीय कार्यालय भक्तपुरमा सञ्चालन गरेको छ । देशभर ६ स्थानबाट सेवा घर सञ्चालन गरेको जनाएको छ, जसमा ५ सय ३ जना व्यक्तिहरुले सेवा पाइरहेका छन् । काठमाडौ पशुपति क्षेत्र, भक्तपुर झौखेल, काभ्रेको धुलिखेल र पनौति, बाराको निजगढ र दाङको नारायणपुरमा सेवा घर स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ । हाल सेवा घर भक्तपुर शाखामा ४२ जना बेवारिसे सडक मानवले सेवा पाइरहनुभएको छ, जसमा ६ महिनाको बालिकादेखि ९० यर्षसम्मको वृद्धहरु हुनुहुन्छ, जसमा १ जना बालिका र २ जना बालकहरु गरी ३ जना छन् । यस्तै १९ जना पुरुष र २० महिला रहनुभएको छ । उहाँहरु मनोरोगी (मनोसामाजिक समस्याले ग्रस्त), अपाङ्गता भएका र सुस्तमनस्थिति लगायत विभिन्न रोगले ग्रस्त हुनुहुन्छ । उहाँहरुको प्रभावकारी सेवाको लागि हालसम्म नेपाली मात्रले गरेको मुठिदानबाट मात्र सञ्चालन भैरहेको र सेवा घरको दिगो व्यवस्थापर भवन नीर्माण गर्न आवस्यक भएको हुँदा यस ज्ञान–विज्ञान महायज्ञको परिकल्पना गरिएको जनाइयो ।
आजको दिनसम्ममा महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ, पत्रकार सम्मेलनमा मानव कल्याण समाजकी संस्थापक अध्यक्ष देवी सुमी मानवले बताइने । भोलीदेखि शुभारम्भ हुने यस महायज्ञलाई अपनत्व प्रदान गरिदिनु हुन र यहांको तर्फबाट हुननसक्ने साथ र सहयोगको लागि हार्दिक अपिल गर्दछौ, उनले थपिन् ।
यस श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा यहांहरु सबैलाई आर्थिक सहयोग गरेर वा सहयोग जुटाईदिएर साथ दिनुहुन अनुरोध उनले गरिन् । आफ्नो जन्मोत्सव, बिवाह उत्सव, व्रतबन्ध, चौरासी, गुन्युचोली, पितृहरुको सम्झना वा यस्तै विशेष पलहरुमा सेवा घरमा एकछाक भोजन वा कुनै विषयगत सेवा गरिदिएर पनि सहयोग गर्न सक्ने उनले बताइने ।
महायज्ञका प्रमुख उद्देश्यहरू बेवारिसे मानवहरूको उद्धार र पुनस्थापना, उनीहरूको स्वास्थ्य उपचार, काउन्सिलिङ तथा पुनर्मिलनको प्रक्रिया, स्थायी रूपमा जग्गा खरिद तथा भवन निर्माण गरी उनीहरूको दिगो व्यवस्थापन रहेको जनाइयो ।