Prithvi Post

७ बैशाख २०८२, आईतवार

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा चैत्र २३ गतेदेखि २५ सम्म अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको छ । विहीबार पत्रकार भेटघाट कार्यक्रम गरी यसबारे जानकारी गराइएको हो । भेटघाटमा नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताबारे जानकारी गराएका हुन् । सम्मेलनमा युवा तथा खेलकुद समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।


प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)बाट हुनेछ । चैत्र २३ गतेदेखि २५ गतेसम्म हुने जिम्नास्टिक प्रतियोगिताको उद्घाटन ¥याली भक्तपुर न.पा. वडा नं. ९ दत्तात्रय परिसरबाट बिहान ८ः०० बजे शुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहिद स्मृति खेल मैदानमा पुगी उद्घाटन हुनेछ ।


प्रतियोगितामा काठमाण्डौ र ललितपुर महानगरसहित देशका विभिन्न १८ वटा नगरपालिकाहरुले भाग लिन नाम दर्ता गराइ सकेका छन् ।
अन्तर नगर जिम्नास्टिक प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नगरपालिकाले आयोजना गर्दैछ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार, दोस्रोलाई रु. ३० हजार, तेस्रोलाई रु. २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था गरेका छौं ।
सहभागी नगरपालिकाहरु
१. काठमाण्डौ महानगरपालिका
२) ललितपुर महानगरपालिका
३) पोखरा महानगरपालिका
४) हेटौडा उपमहानगरपालिका
५) भक्तपुर नगरपालिका
६) चाँगु नगरपालिका
७) सूर्यविनायक नगरपालिका
८) मध्यपुर थिमी नगरपालिका
९) बाग्लुङ नगरपालिका
१०) रामग्राम नगरपालिका
११) बनेपा नगरपालिका
१२) गोकर्णेश्वर नगरपालिका
१३) शंखरापुर नगरपालिका
१४) चन्द्रागिरी नगरपालिका
१५) वालिङ्ग नगरपालिका
१६) किर्तिपुर नगरपालिका
१७) बुढानिलकण्ठ नगरपालिका
१८) नागार्जुन नगरपालिका रहेका छन् ।


नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको चुनावमा घोषणापत्रमार्फत व्यक्त प्रतिबद्धताहरुमध्ये प्रत्येक वर्ष एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना पनि एक हो । निर्वाचनको बेला जनताबीच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले हरेक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकोमा पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल, पाँचांै वर्ष खो खो र गत वर्ष महिला कबड्डी खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरियो ।
भक्तपुर नगरपालिकाको कार्यपालिका बैठकले २०८१ साल चैत्र २३, २४ र २५ गते अन्तर—नगर जिम्नास्टिक खेल प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न नगर प्रमुखको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति र १३ वटा बिषयगत उपसमितिहरु गठन ग¥यौं । ती सबै समितिहरुले आ—आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् । हरेक वर्षको प्रतियोगिताले हामीलाई थप हौसला र उत्साह प्रदान गरिरहेको छ ।
प्रतियोगिता नेपाल जिम्नास्टिक संघबाट मान्यता प्राप्त प्रतियोगिता हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।