Prithvi Post

६ बैशाख २०८२, शनिबार

ललितपुर । नेपालकै चर्चित खेलकुद क्लव थ्री स्टार क्लव लतिलपुर ५० वर्षमा टेकेको छ । क्लव स्थापनाको स्वर्ण जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने भएको छ । विहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रमहरु सार्वजनिक गरेको हो ।


पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष ज्ञानबहादुर शाक्यले पहिलो र दोश्रो चरण गरी दुई चरणमा कार्यक्रम गर्ने योजना रहेको सुनाए । उनका अनुसार पहिलो चरणमा रक्तदान तथा स्वास्थ्य परीक्षण र थ्री स्टारका पूर्व खेलाडीहरुवीच मैत्रीपूर्ण खेल तथा मिलन कार्यक्रम हुनेछन् । पहिलो चरणको कार्यक्रम चैत २३ गते शनिबार हुनेछन् । दोश्रो चरणमा सम्मान तथा अभिनन्दन र सांगेतिक तथा नेवा भ्वय कार्यक्रम गर्ने छन् । यो भने दिउँंसो र साँंझ हुनेछन् ।
पत्रकार सम्मेलनमा महासचिव धर्मेन्द्रराज शाक्यले क्लवले समग्र देशको खेलकुद क्षेत्रको विकासका लागि विभिन्न खेलकुद गतिविधिहरु गर्दै आएको जानकारी गराए । उनले क्लवले खेलाडी उत्पादन गर्नुका साथै प्रशिक्षक प्रशिक्षणहरु पनि गर्दै आएको जानकारी गराए ।


थ्री स्टार क्लव ललितपुरको स्थानीय युवाहरुको सक्रियतामा २०३१ सालमा स्थापित भएको क्लव हो । यो नेपालको ए डिभिजन क्लवहरुमध्ये सक्रिय, प्रतिष्ठित र जनमानसमा चिरपरिचित छ । क्लबले हरेक वर्ष शहीद स्मारक लिगमा २०३६ सालदेखि क्रमिक रुपमा सहभागी हुँंदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।