Prithvi Post

७ बैशाख २०८२, आईतवार

भक्तपुर । भक्तपुरको एभरेस्ट भक्तपुर स्कुलका ससाना नानीबाबुहरु दिक्षित भएका छन् । शुक्रबार एक समारोहवीच उनीहरु दिक्षित भएका हुन् । स्कुलमा एसकेजीमा अध्ययनरत दुई समूहका २५।२५ जना गरी कुल ५० जना नानीबाबुहरु दिक्षित भएका हुन् ।


उनीहरुलाई गाउनसहितको विशेष पोशाक लगाउन दिएर दिक्षित गरिएको हो । त्यस अवसरमा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले नानीबाबुहरुको हौसलालाई वढावा दिन कार्यक्रम गरेको जनाए । स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य परीक्षाको जीपीए मात्रै सवै नभएको भन्दै व्यवहारिक ज्ञान शीपको महत्व पनि त्यतिकै रहेको चर्चा गरे ।


स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारीले संयुक्त रुपमा नानीबाबुहरुलाई दिक्षित गरेका थिए । कार्यक्रममा ससाना विद्यार्थीहरुले नाचगान पनि प्रदर्शन गरेका थिए । साथै उनीहरुले गीत गाएर आआफना अभिभावकहरुलाई पनि मख्ख पारेका थिए । कार्यक्रममा विद्यार्थीहरु रमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।